• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुनको मूल्यमा ४ हजार २०० काे बृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा ४ हजार २०० काे बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज प्रतितोला ४ हजार २००  रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८८ हजार रूपैंयाँ कायम भएको छ ।

याे हप्ता आइतबार प्रतितोला १ हजार ८०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे । मंगलबार २०० रूपैंयाँले मूल्य घटेको थियाे ।

गत हप्ता आइतबार १ हजार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार १ हजार ४०० रूपैंयाँले मूल्य बढ्याे । यस्तै मंगलबार ४ हजार ३०० रूपैंयाँले मूल्य घट्याे ।

यस्तै बुधबार भने एक हजार रूपैंयाँले मूल्य घटेको थियाे भने बिहीबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ९५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ४७५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २०, बुधबार २१:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP