• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुनकाे मूल्यमा आज पनि उच्च बृद्धि, हालसम्मकै नयाँ रेकर्ड : कतिमा हुँदैछ काराेबार ?

सुनकाे मूल्यमा आज पनि उच्च बृद्धि, हालसम्मकै नयाँ रेकर्ड : कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य ह्वात्तै बढेको छ ।‌ आज प्रतिताेला २ हजार ७ सय रुपैँयाँले मूल्य बढेकाे हाे । आइतबार ६ सयले बढ्याे भने साेमबार ४ हजार २ सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८४ हजार ७ सय कायम भएको छ। याे हालसम्मकै उच्च मूल्य हाे ।

गत हप्ता आइतबार सुन दुई हजार एक सय रुपैंयाँले बढेको थियो। साेमबार चार हजार एक सय रुपैँयाँले मूल्य बढ्याे । मंगलबार प्रतिताेला एक हजार आठ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार एक हजार पाँच सयले बढेकाे थियाे । बिहीबार भने एक हजार पाँच सयले घटेकाे थियाे । शुक्रबार भने प्रतिताेला सात सय रुपैँयाँले मूल्य बढेकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ७० रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार ८८० कायम भएको महासंघले जनाएकाे छ । याे पनि हालसम्मकै उच्च मूल्य हाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ६, मंगलवार ०५:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP