• २०८३ असार ३१ | Wed, 15 Jul 2026

हेलम्बु र राेशी गाउँपालिकाबीच असल शैक्षिक अभ्यास आदानप्रदान

हेलम्बु र राेशी गाउँपालिकाबीच असल शैक्षिक अभ्यास आदानप्रदान

सिन्धुपाल्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबीच असल शैक्षिक अभ्यास आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मीमबहादुर वाइबा, प्रवक्ता वसन्तकुमार तामाङ, प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, सामाजिक विकास समितिका संयोजक अशोककुमार गौतम, वडाध्यक्ष लालकुमार पाख्रिन, वरिष्ठ विद्यालय निरीक्षक ठाकुरप्रसाद दाहाल, प्रधानाध्यापकहरू तथा गाउँ शिक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, प्रमुख प्रशासकीय अधिकृत बेनिबहादुर मोक्तान, वडाध्यक्षहरू दावा ग्याल्जेन लामा र पेम्बा लामा, सामाजिक विकास समितिका संयोजक छिरिङ लामा ह्योल्मो, शिक्षा अधिकृत धनध्वज लामा, स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराई, खेलकुद विकास समितिका संयोजक सुनिल तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दुवै स्थानीय तहले शिक्षा क्षेत्रमा लागू गरेका नीति, कार्यक्रम, सिकाइ उपलब्धि, विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार तथा नवप्रवर्तनात्मक अभ्यासबारे अनुभव आदानप्रदान गरेका थिए । सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीय तहहरूबीच सिकाइ र सहकार्यको वातावरण निर्माण गर्दै शिक्षा क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ४, बिहीबार १८:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP