• २०८३ असार ३० | Tue, 14 Jul 2026

२०८३ असार १८ गते बिहीबार, यस्तो छ आजको राशिफल

२०८३ असार १८ गते बिहीबार, यस्तो छ आजको राशिफल

काठमाडौं । २०८३ असार १८ गते बिहीबार, तदनुसार २ जुलाइ २०२६ । यस्तो छ आजको राशिफलः
मेष
मनमा नयाँ कामको उत्साह जागे पनि निर्णय लिन हतार नगर्नुहोला । आजको दिन मिश्रित फलदायी रहनेछ । व्यापार व्यवसायमा मध्यम प्रगति हुनेछ । आर्थिक लेनदेनमा अलि सजग रहनु आवश्यक छ ।
वृष
लामो समयदेखि रोकिएका अधुरा कामहरू बन्ने देखिन्छ । आर्थिक पक्ष बलियो बन्ने योग छ । नयाँ आम्दानीका स्रोत फेला पर्न सक्छन् । रचनात्मक काममा रुचि बढ्नुका साथै कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ ।

मिथुन
खर्चमा अलि नियन्त्रण राख्नुपर्ने देखिन्छ । आज मनमा अलि दुविधा वा अन्योल बढ्न सक्छ, त्यसैले आफ्ना योजनाहरू गोप्य राखेर अघि बढ्नुहोला । बोलीको प्रभाव घट्न सक्ने भएकाले विचार पुर्याएर मात्र बोल्नुहोला ।
कर्कट
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् भने रोकिएको वा फसेको धन फिर्ता हुन सक्ने सम्भावना छ । दिन निकै उत्साहजनक रहनेछ र नयाँ अवसरहरू हात लाग्न सक्छन् । पारिवारिक माहोल सुखद रहनेछ।
सिंह
नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसलाई तपाईंले सफलतापूर्वक निभाउनुहुनेछ । समाज र कार्यक्षेत्रमा तपाईंको मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । सरकारी वा प्रशासनिक कामहरू सहजै सम्पन्न हुनेछन् ।

कन्या
लामो दूरीको यात्रा वा वैदेशिक कार्यका लागि गरिएका प्रयास सफल हुनेछन् । भाग्यले साथ दिनेछ र आज धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ ।
तुला
आजको दिन अलि सावधानी अपनाउनुपर्ने देखिन्छ । केही चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ । स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्ने भएकाले खानपानमा सजग रहनुहोला । आर्थिक जोखिमयुक्त काम र नयाँ लगानीबाट आज टाढै रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनुस् ।

वृश्चिक
नयाँ सम्झौताका लागि समय अनुकूल छ । दिन आनन्दमयी र सुखद रहनेछ । व्यापार र व्यवसायमा राम्रो गति आउनेछ । नयाँ साझेदारीका कामहरूबाट दीर्घकालीन फाइदा पुग्नेछ ।
धनु
प्रतिस्पर्धामा विजय हासिल हुनेछ । शत्रु वा विरोधीहरू कमजोर हुनेछन् । पुराना ऋण, मुद्दा–मामिला वा विवादहरूबाट मुक्ति मिल्न सक्छ । कडा मिहिनेतको उचित फल पाइनेछ, कार्यक्षेत्रमा अनुकूल वातावरण बन्नेछ ।
मकर
बौद्धिक क्षमता र तर्कशक्तिको विकास हुनेछ, जसले गर्दा अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । सन्तान वा परिवारका तर्फबाट सुखद समाचार प्राप्त हुनेछ र प्रेम जीवन सुमधुर रहनेछ । कला, साहित्य वा रचनात्मक क्षेत्रमा लागेकाहरूका लागि राम्रो अवसर आउन सक्छ ।

कुम्भ
आज बढी समय घरपरिवार र घरायसी मामिलामा बित्नेछ । मनमा केही चञ्चलता रहन सक्छ । जग्गा जमिन वा सवारी साधनको खरिद–बिक्रीको योजना बन्न सक्छ । पारिवारिक असमझदारीलाई संवादको माध्यमबाट हल गर्नु राम्रो हुन्छ ।
मीन
पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ । दाजुभाइ तथा सहकर्मीहरूको सहयोगले रोकिएका कठिन कामहरू पनि सहजै पुरा हुनेछन् । छोटो दूरीको यात्रा फलदायी हुन सक्छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १८, बिहीबार ०६:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP