२०८२ साल भाद्र २७ गते शुक्रबार । तदनुसार १२ सेप्टेम्बर २०२५ । पञ्चमी तिथी १९ घडी २५ पला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ । भरणी नक्षत्र २६ घडी ३४ पला उप्रान्त कृतिका नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग तैतिल करण आज बिहान सूर्योदय ५:४८ मा भयो भने सूर्यास्त साँझ ६:१० मा हुनेछ । आज शुक्रबार चन्द्रमा मेष राशिमा ।
मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ । पारिवारिक सरसहयोगले कृषि तथा चौपायबाट आम्दानी गर्न सकिने देखिन्छ ।
वृष राशि
अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ । सानो कुरालाई लिएर परिवारमा क्लब बढेर जानेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएकोले सजगता अपनाउनुपर्ने देखिन्छ ।
मिथुन राशि
भोलिको प्रभाव बढेर जानेछ । मानसम्मानमा वृद्धि भएर जाने देखिन्छ। लेखनशैलीमा तीव्रता आउनका साथै लामो समयदेखि रोकिएका कामहरु सञ्चालनमा आउने देखिन्छ ।
कर्कट राशि
पारिवारिक कलह बढेर जानेछ । अनावश्यकरूपमा झैझगडाको सामना गर्नुपर्नेछ ।आफन्तमा बहिरभाव उत्पन्न हुने सम्भावना बढेर गएको देखिन्छ, सजग रहनुहोला ।
सिंह राशि
आँखासम्बन्धी समस्याले सताउने देखिन्छ । गरिरहेको काममा ढिला सुस्ती भएर जानेछ। पठनपाठनमा बाधा आउनका साथै विश्वास गरेका जनहरुबाट धोका पाइने योग छ।
कन्या राशि
माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। बोलीमा माधुर्यता छाउनेछ। दाजुभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ ।
तुला राशि
पारिवारिक सरसहयोगले अधुरा काम पुनः सञ्चालनमा आउने देखिन्छ। पुराना साथीभाइ भेटघाट हुनाले रमाइलोमा समय व्यतित भएर जानेछ। शैक्षिक कार्यमा सफलता आउनेछ।
वृश्चिक राशि
कुटुम्बमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । वैदेशिक कार्यमा बाधा आउनेछ। न्यायिक पक्षमा असफलता पाउनका साथै स्थानीय सम्पत्तिमा कलह बढेर जानेछ ।
धनु राशि
दाम्पत्य जीवनमा कलह बढेर जानेछ । मुद्दा मामिलामा फसिने योग रहेको छ। मान्यजनको स्वास्थ्यमा गडबढ आउनले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
मकर राशि
लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। पारिवारिक सरसहयोग पाइने योग छ। लेखन शैलीमा तीव्रता आउनुका साथै भोजभतेरमा सहभागी हुने अवसर मिल्नेछ ।
कुम्भ राशि
राज्यपक्षबाट लाभ लिन सकिनेछ धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। अनावश्यकरुपमा धन लाभ मिल्ने देखिन्छ । आफन्तको सहयोग छ ।
मीन राशि
वृद्धिहीन भएर जानेछ । सानो कुरामा पनि चिन्ता बढेर जाने देखिन्छ । शारीरिक समस्या बढेर जाने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। स्थानीय सम्पत्तिमा विवाद आउने देखिन्छ ।
प्रतिक्रिया