बनेपा । २०८२ साल पौष ८ गते मंगलबार, तदनुसार २३ डिसेम्बर २०२५ । तृतीया तिथी घडी ९ पला ३२ चाैथी तिथी प्रारम्भ हुनेछ । श्रवण नक्षत्र ५५ घडी १३ पला उप्रान्त धनिष्ठा नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग बब करण आज बिहान सूर्योदय ६:५३ मा र सूर्यास्त साँझ ५:१३ मा हुनेछ । आज मंगलबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
पारिवारिक कलहका कारण काममा बाधा आउने देखिन्छ। लेखनशैलीमा कमी आउनेछ। कृषि तथा चौपायाबाट घाटा बेहोर्नु पर्ने देखिन्छ । छालासम्बन्धी समस्याले सताउने देखिन्छ । झुटा आरोप लाग्ने योग छ।
वृष राशि
शारीरिक आलस्यता बढेर जानेछ। लामो समाजदेखि गरिरहेको काममा बाधा आउने देखिन्छ । अनावश्यक विवादको सामना गर्नुपर्नेछ । कुरा काट्नेहरू सक्रिय रहने देखिन्छ ।सजगताका साथ अगाडि बढ्नु होला ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । नयाँ कार्यको थालनी हुनेछ । मुद्दा मामिलामा तपाईंकै जित हुनुपर्ने योग छ । अनावश्यकरुपमा चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ ।
कर्कट राशि
बाेलीको प्रभाव बढेर जानेछ । आयमा वृद्धि भएर जानुका साथै मुद्दा मामिलामा तपाईंकै जित हुनुपर्ने योग छ । पराक्रममा वृद्धि भएर जानुका साथै शैक्षिक कार्यमा वृद्धि भएर जाने देखिन्छ।
सिंह राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । स्थानान्तरणको योग रहेको छ । अनावश्यक खर्चको मात्रा बढेर जानेछ। पठनपाठनमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। धनमाल हराउन सक्ने सम्भावना देखिन्छ ।
कन्या राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
तुला राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दाम्पत्य जीवनमा कलह बढेर जानेछ। जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
वृश्चिक राशि
सरकारी काममा संलग्न भइने योग छ । मुद्दा मामिलामा तपाईँकै जित हुने देखिन्छ । धार्मिक तीर्थस्थलको भ्रमण गरिने योग छ। व्यापार व्यवसायमा प्राप्त सफलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
धनु राशि
शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ । अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ । कृषि तथा चौपायाबाट घाटा बेहोर्नु पर्नेछ। राज्यपक्षबाट समेत कष्टता पाइने योग छ। सजगताका साथ अगाडि बढ्नुहोला।
मकर राशि
भोज भतेरमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा सफलता पाइने योग छ ।आफन्त तथा साथीभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछन्।
कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्नेछ। पारिवारमा असमानजस्य विवाद बढेर जानेछ । मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
मीन राशि
लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। नयाँ वस्त्रहरू पाइन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। पठनपाठनमा प्राप्त सफलताले सबैको प्यारो बनिने छ।
प्रतिक्रिया