• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २९ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ डल्लुबाट अवैध लागूऔषध पोलेन ७ सय २० मिलिग्रामसहित सोही महानगरपालिका-१७ बस्ने ४५ वर्षीय रोशन पोडेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले रोशनले काठमाडौं डल्लुमा संचालन गरेको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० मङगलबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९६ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोतिराज लिम्बु र रंगेली नगरपालिका-६ बस्ने ३३ वर्षीय मिथुन शाह रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मोतिराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ११ मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सुमन लिम्बु र २३ वर्षीय युराज मगर रहेका छन् । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-१० त्रिबेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट र स्पास्मो २ सय ३० ट्याब्लेटसहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय भानुभक्त लिम्बु, २२ वर्षीय बिप्लव परियार, सोही नगरपालिका-८ बस्ने २५ वर्षीय किरण राई र बेलबारी नगरपालिका-२ बस्ने २५ वर्षीय सुशिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापा, झापा गाउँपालिका-४ चौधरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम १९ मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने ३७ वर्षीय चन्द्रबहादुर तामाङ र भारत किशनगंज दिघलबैंक बिहार कुतुवाभिट्टा बस्ने १९ वर्षीय अब्दुल रहमान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापा, कमल गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेटसहित गौरादह नगरपालिका-१ बस्ने ३० वर्षीय बिक्रम बस्नेतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ३७ किलोग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-९ आहाले बस्ने ४५ वर्षीय लोकबहादुर राई र भोजपुर साल्पासिलिछो गाउँपालिका-२ कुलुङ बस्ने ३१ वर्षीया बिनिता कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले प्र.१-०२-००१ च ४५३१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ७० मिलिग्राम र नगद १४ हजार रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-४ बस्तीपुर बस्ने ३० वर्षीय लक्ष्मी कुमार र २२ वर्षीय अर्जुनकुमार यादव रहेका छन् । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००६ प ७८९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३४ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा आँधिखोला गाउँपालिका-२ बस्ने ३२ वर्षीय बिनोद क्षेत्री र फेदीखोला गाउँपालिका-५ बस्ने २६ वर्षीय कोन रेशम क्षेत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १६९५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-१० उत्तम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही महानगरपालिका-१० लक्ष्मीटोल बस्ने ३२ वर्षीय ज्ञानबहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा ज्ञान बहादुरले उक्त पदार्थ सोही महानगरपालिका-१० उत्तम चोक घर भएका ३७ वर्षीय जोन भन्ने गोविन्द थापा र उनकै दाइ ३८ वर्षीय जीवन भन्ने रूमबहादुर थापासँग किनेको भन्ने खुल्न आएपछि उनीहरूको घर तलासी गर्दा करिब १३ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ६ लाख ७ हजार रूपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

बाँके, कोहलपुर नगरपालिका-५ नारायण टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्रामसहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय होमबहादुर सार्की, उनकै श्रीमती १९ वर्षीया नुकिता घर्तिमगर, कोहलपुर नगरपालिका-५ बस्ने ३० वर्षीय रबिन चौधरी र २७ वर्षीय बिष्णु सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले होमबहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ पंचकोषी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय माधव शाह ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय नरेश थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिराहा, मिर्चैया नगरपालिका-५ थान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय राहुलकुमार साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । तनहुँ, ब्यास नगरपालिका-४ चुरे खोल्सीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३१ एम्पुल, फेनारगन ३२ एम्पुल र बुप्रेनोर्फिन ३४ एम्पुलसहित सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले ग.१५ प १८२९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ असार १८, बिहीबार १७:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP