काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज प्रतितोला ४०० रूपैंयाँले मूल्य घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९० हजार ३०० कायम भएको छ ।
गत हप्ता आइतबार सुनको मूल्य ४ हजार ७०० रूपैंयाँले बढेकाे थियाे । साेमबार १ हजार ४०० ले घट्याे भने मंगलबार ४ हजार ५०० ले घटेकाे थियाे ।
यस्तै बुधबार ६०० रूपैंयाँले मूल्य घटेको थियाे भने बिहीबार ६ हजार २०० रूपैंयाँले मूल्य बढेको थियाे । शुक्रबार ७ हजार २०० रूपैंयाँले मूल्य बढेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि घटेको छ । १० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ६०५ रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया