काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ह्वात्तै बढेको छ।आज प्रतिताेला चार हजार एक सय रुपैँयाँले मूल्य बढेकाे हाे ।
गत हप्ता बिहीबार दुई हजारले घटेकाे सुन शुक्रबार दुई हजार एक सय रुपैँयाँले मूल्य बढेकाे थियाे । यो हप्ता आइतबार दुई हजार एक सय रुपैंयाँले बढेको थियो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० कायम भएको छ।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ। २०५ रुपैँयाँले बढेर एक तोला चाँदीको मूल्य आज ५ हजार १९५ कायम भएको महासंघले जनाएकाे छ । याे मूल्य हालसम्मकै उच्च हाे ।
प्रतिक्रिया