नमाेबुद्ध । डेङ्गी रोग नियन्त्रण कार्यक्रमसम्बन्धी अभिमुखीकरण तथा लामखुट्टेको सम्भावित बासस्थान खोजी एवं नष्ट गर्ने कार्यक्रम काभ्रेको नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामाको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष एवं नगर प्रवक्ता टीकाबहादुर केसी, वडा नं. २ का अध्यक्ष कबिराज श्रेष्ठ, वडा नं. १० का अध्यक्ष रामकृष्ण अधिकारी उपाध्याय, वडा नं. ११ का अध्यक्ष कृष्णबहादुर तामाङ, नगर युवा परिषद्का उपाध्यक्ष रामेश्वर अधिकारी, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालयकी ल्याब टेक्निसियन निरीक्षक अधिकृत योगिता खनालले गर्नुभएको थियो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूमा नगरपालिकाकाे स्वास्थ्य शाखाले धन्यवाद व्यक्त गरेकाे छ ।

‘वर्षायामको सुरुवातसँगै लामखुट्टेको टोकाइबाट सर्न सक्ने डेङ्गीलगायत विभिन्न रोगहरूको जोखिम बढ्ने भएकाले घर तथा वरपर पानी जम्न नदिऔँ, सम्भावित लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गरौँ र आवश्यक सतर्कता अपनाऔँ । सबै नगरवासीमा यस अभियानमा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।’- नमाेबुद्ध नगरपालिकाले भनेकाे छ ।
प्रतिक्रिया