काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपास तथा नेपालको पश्चिम भागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ । जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भागका केही स्थान तथा पहाडी भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थान तथा कोशी प्रदेशको तराई भाग र मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशको हिमाली र पहाडी भाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भागका थोरै स्थान र पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रतिक्रिया