• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सामुदायिक बचत तथा ऋण सहकारीको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

सामुदायिक बचत तथा ऋण सहकारीको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

पनौती, काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । आइतबार पनौतीमा संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभापतित्वमा गोष्ठी सम्पन्न भएको हो ।

संस्थाका सल्लाहकार रामप्रसाद अधिकारीले उद्घाटन गर्नुभएको कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरू, विषयगत उपसमिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको सहभागिता रहेको थियो । गोष्ठीमा संस्थाले आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरेको वार्षिक योजना तथा लक्ष्यअनुसार भएका प्रगतिको समीक्षा पनि गरिएको थियो । क्षेत्रगत जिम्मेवारी पाएका क्लस्टर प्रमुखहरूले आ–आफ्नो क्लस्टरको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे समीक्षाात्मक प्रस्तुतीकरण गरेका थिए ।

पनौती क्लस्टरको प्रस्तुतीकरण संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत श्यामसुन्दर श्रेष्ठले गर्नुभएको थियो । त्यस्तै, बनेपा क्लस्टरको प्रस्तुतीकरण वरिष्ठ अधिकृत जीवन सत्याल, काठमाडौं क्लस्टरको प्रस्तुतीकरण वरिष्ठ अधिकृत योगबहादुर सापकोटा र पूर्वी क्लस्टरको प्रस्तुतीकरण अधिकृत कर्मचारी विनोद सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा समग्र संस्थाको प्रगति विवरण संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत विवरणमाथि छलफल तथा समीक्षा गर्दै संस्थाको आगामी कार्ययोजनालाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले सुझाव तथा धारणा राखेका थिए ।

संस्थाका सचिव सरोज तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा सल्लाहकारहरू शम्भुलाल श्रेष्ठ र प्रकाश बन्जाराले मन्तव्य राख्नुभएको थियो । साथै, विभिन्न उपसमितिका सदस्यहरूले संस्थाको सेवा प्रवाह, व्यवस्थापन, कार्यसम्पादन तथा आगामी रणनीतिका विषयमा महत्वपूर्ण सुझाव दिएका थिए ।

गोष्ठीमार्फत गत आर्थिक वर्षको समग्र कार्यसम्पादनको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षका लागि संस्थाको लक्ष्य प्राप्ति, सेवा विस्तार र संस्थागत सुदृढीकरणका विषयमा महत्वपूर्ण रणनीतिक मार्गदर्शन प्राप्त भएको संस्थाले कालाेटाेपी डटकमसँगकाे कुराकानीमा जनाएको छ । सहकारीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै सदस्य केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर आगामी दिनमा अघि बढ्ने विषयमा समेत गोष्ठीमा जोड दिइएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ३१, आईतवार १६:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP