• २०८३ भाद्र ६ | Sat, 22 Aug 2026

बिन्धवासिनी सहकारीको कुल बचत ४ अर्ब ४० करोडभन्दा बढी, ७३ हजार सदस्य

बिन्धवासिनी सहकारीको कुल बचत ४ अर्ब ४० करोडभन्दा बढी, ७३ हजार सदस्य

बनेपा, काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८३ साउन मसान्तसम्ममा ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी बचत संकलन गरेको छ । संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय तथा अन्य विवरणअनुसार सहकारीको कुल बचत रकम रु. ४ अर्ब ४० करोड ७२ लाख ९२ हजार ११९ पुगेको छ।

सहकारीको कुल शेयर पूँजी रु. ५३ करोड ५० लाख १७ हजार १०० रहेको विवरणमा उल्लेख छ । त्यस्तै, संस्थाले विभिन्न क्षेत्रमा गरी रु. ३ अर्ब ५८ करोड ७० लाख ६० हजार ८३१ कर्जा लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति रु. ५ अर्ब ७० करोड ४३ लाख २९ हजार १०३ रहेको छ भने तरलता रकम रु. १ अर्ब २५ करोड ७१ लाख ६७ हजार ४२ रहेको विवरणमा उल्लेख छ । संस्थाको तरलता प्रतिशत २८.५२ प्रतिशत रहेको छ ।

बिन्धवासिनी सहकारीमा साउन मसान्तसम्म ६१ हजार ३४८ शेयर सदस्य रहेका छन् । त्यस्तै, शैक्षिक बाल बचतकर्ताको संख्या १२ हजार ५८८ रहेको छ । शेयर सदस्य र शैक्षिक बाल बचतकर्तासहित संस्थासँग आबद्ध कुल सदस्य संख्या ७३ हजार ९३६ पुगेको छ । कर्जा लिने सदस्यको संख्या भने ७ हजार ४५ रहेको छ ।

सदस्य संरक्षणमा साढे १४ लाखभन्दा बढी खर्च
संस्थाले वित्तीय कारोबारसँगै सदस्य संरक्षण तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई समेत निरन्तरता दिएको जनाएको छ । आर्थिक वर्ष २०८३/०८४ को साउन महिनामा मात्रै विभिन्न सदस्य संरक्षण कार्यक्रम अन्तर्गत १ सय ६६ जनालाई रु.१४ लाख ५९ हजार ९२३ बराबरको निःशुल्क सुविधा तथा सहयोग उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।

साउन महिनामा स्वास्थ्य उपचार सुविधा अन्तर्गत १ सय जना सदस्यलाई सेवा प्रदान गरिएको छ । पारिवारिक मृत्यु संवेदनाअन्तर्गत ३२ जना, सदस्य मृत्यु राहतअन्तर्गत १३ जना, प्राकृतिक प्रकोप राहत अन्तर्गत १ जना, नवजात शिशु सेवाअन्तर्गत १५ जना र विशेष उपचार सुविधाअन्तर्गत ५ जनाले लाभ लिएका छन् ।

संस्थाले प्रकाशित गरेको विवरण सहकारी विभागले २०७९ साल साउन ३१ गते जारी गरेको निर्देशन बमोजिम सार्वजनिक गरिएको जनाएको छ । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय पनौती–१०, खोपासी तथा मुख्य कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोकमा रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ६, शनिबार ०८:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP