• २०८३ भाद्र ३० | Tue, 15 Sep 2026

आजकाे माैसमः तीन वटा प्रदेशमा भारी वर्षा हुन सक्ने

आजकाे माैसमः तीन वटा प्रदेशमा भारी वर्षा हुन सक्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसले गर्दा कोशी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा तराई भागमा आंशिकदेखि साधारणतया बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस प्रदेश तथा र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ३०, मंगलवार ०६:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP