• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज राष्ट्रियसभाकाे बैठक बस्ने, सम्भावित कार्यसूची तय

आज राष्ट्रियसभाकाे बैठक बस्ने, सम्भावित कार्यसूची तय

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। बैठक अपराह्न १ः१५ बजे बस्ने भएकाे हाे ।

आजकाे बैठकमा प्रश्नोत्तरदेखि विधेयक टेबुल र समितिमा पठाउने प्रस्तावसम्मका पाँच वटा सम्भावित कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ।

बैठकको शुरुवात अर्थ मन्त्रालय विष्णु पोडेलसँग सम्बन्धित मौखिक प्रश्नोत्तरबाट हुनेछ । उनले सम्बन्धित मन्त्रीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।

त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम छ।

यसैगरि, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश टेबुल गर्ने पनि कार्यसूची छ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

उता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १३, शुक्रबार ०१:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP