• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जेनजी आन्दोलनः प्रदर्शनकारीहरु देशभरबाट उर्लिँदै, नेताका निवासलक्षित आगजनी

जेनजी आन्दोलनः प्रदर्शनकारीहरु देशभरबाट उर्लिँदै, नेताका निवासलक्षित आगजनी

काठमाडौँ । साेमबारको जेनजी आन्दोलनमा सरकारले क्रुर दमन गरेपछि आज बिहानैदेखि काठमाडौँ लगायत देशका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ।

सरकारले काठमाडाैं उपत्यकाका तीन वटै जिल्लामा कर्फ्यु लगाएको भए पनि त्यसको परवाह नगरी नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् । नयाँ बानेश्वर, जोरपाटी, कलंकीलगायत ठाउँमा स्वतःस्फूर्तरूपमा मानिसहरू सडकमा उत्रिएका छन् ।

आजको प्रदर्शनमा उत्रिएका युवाहरूले प्रमुख राजनीतिक दलका प्रमुख नेतृत्वका निवासलक्षित प्रदर्शन थालेका छन् । युवाहरूले कर्फ्युको अवज्ञा गर्दै ठाउँठाउँमा प्रदर्शन जारी राखेका हुन् ।

नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी सुरु गरेका छन् । उता पार्टी सभापति शेरबहादुर देउवा निवास घेराउ गर्दै आगजानी गरेका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा पनि प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रधानमन्त्रीकाे निजी निवास बालकाेट तथा पुष्पकमल दाहालकाे निवासमा पनि प्रदर्शनकारीहरुले ताेडफाेड र आगजनी गरेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठककाे आह्वान गरेका छन् । साँझ ६ बजेका लागि बैठक आव्हान गरिएकाे हाे ।

साेमबारकाे शान्तिपूर्ण प्रदर्शनमा प्रहरीकाे गाेली प्रहारबाट १९ जनाकाे मृत्यु र ५०० जनाभन्दा धेरै घाइते भएका थिए । यसपछि आन्दाेलन थप बढेकाे हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २४, मंगलवार ०६:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP