• २०८३ असार ३१ | Wed, 15 Jul 2026

राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै

राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ । राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ। बैठक आज बिहान ११ः०० बजे बस्दैछ।

अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन् । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा आज माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रिय सभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ। राष्ट्रियसभा सदस्यमा एक जना निर्विरोध निर्वाचित भइसकेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ४, आईतवार ०१:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP