काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज दिउँसाे १२ बजेसम्म उडान नहुने जनाएको छ ।
जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।
देशको विषय परिस्थितीले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन सकेको छैन ।
टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ ।
प्रतिक्रिया