• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित विभिन्न ठाउँबाट दुई जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न ठाउँबाट दुई जना पक्राउ

धनकुटा । साँगुरीगढी गाउँपालिका-६ शंखपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ग्रामसहित भारत अररिया पिठौरा पञ्चायत-१ बस्ने २८ वर्षीय मोजाहिद मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

उदयपुर, त्रियुगा नगरपालिका-३ चाप पानी ट्याङ्की छेउबाट नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र लुपिजेसिक ५ एम्पुलसहित सोही ठाउँ बस्ने ३४ वर्षीय चक्र गौतमलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १६, बुधबार १२:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP