काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका क्रममा हालसम्म ६१ जना सर्वसाधारण, १० जना कैदीबन्दी र ३ जना प्रहरी गरी ७४ जनाको ज्यान गएको जनाएको छ।
मन्त्रालयका अनुसार जेनजी आन्दोलनमा घाइते भएका १५३ जनाको अहिले देशभरका २९ अस्पतालमा उपचार भइरहेको छ।
जसमध्ये २८ जना ट्रमा सेन्टरमा, १७ जना त्रिवि शिक्षण अस्पतालमा, १४ जना काठमाडौँ मेडिकल कलेजमा, १२ जना नेपाल पुलिस अस्पतालमा र ८ जना चितवन मेडिकल कलेजमा उपचाररत छन्।
त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, नोबल मेडिकल कलेजमा ६ र गण्डकी मेडिकल कलेजमा ७ जनाको उपचार भइरहेको छ।
प्रतिक्रिया