• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः देशका अधिकांश भू-भागमा मध्यम वर्षाको सम्भावना

आजकाे माैसमः देशका अधिकांश भू-भागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ।

कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ४, शनिबार ०१:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP