• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आइतबार सूर्यग्रहण लाग्दै, नेपालबाट देखिन्छ ?

आइतबार सूर्यग्रहण लाग्दै, नेपालबाट देखिन्छ ?

काठमाडौँ । असोज ५ गते (आइतबार) सूर्यग्रहण लाग्ने भएकाे छ। तर यसपटककाे ग्रहण भने नेपालबाट देखिने छैन ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक लाग्ने छैन ।

आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने, सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिले जनाएकाे छ।

नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय मान्यता रहेकाे छ। आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ४, शनिबार १४:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP