• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अब अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने

अब अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने

काठमाडाैं । अब अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने भएकाे छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको उनले बताए ।

छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण बिभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने लगायतका निर्णय पनि भएको मन्त्री खरेलले बताए ।

यसअघि जिल्ला प्रशासन कार्यालयबाट अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्ने भनिएपछि यसकाे व्यापक विराेध भएकाे थियाे । साउन १ गते यता अनलाइनकाे नवीकरण र दर्ता राेकिएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ९, बिहीबार १४:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP