काठमाडौँ। सरकारले सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिम बाहेकका सुविधा कटौती गरेको छ।
अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने सरकारको निर्णयबमोजिम उक्त सुविधा रोकिएको अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टङ्कप्रसाद पाण्डेयले बताउनुभयो ।
सरकार (मन्त्रिपरिषद्) ले २०८२ असोज ५ गते यस विषयमा निर्णय गरेको थियो। उक्त निर्णय अनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान हुने छ ।
कानुन बमोजिमबाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न गराउनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको अर्थ मन्त्रालयका प्रवक्ता पाण्डेयले बताउनुभयो । गाेरखापत्रबाट
प्रतिक्रिया