• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026

२०८२ साल आश्विन १५ गते बुधबारः हेराैं आजकाे राशिफल

२०८२ साल आश्विन १५ गते बुधबारः हेराैं आजकाे राशिफल

काठमाडौं । २०८२ साल आश्विन १५ गते बुधबार । तदनुसार १ अक्टोबर २०२५ नवमी तिथी २१ घडी ३० पला दशमी तिथी प्रारम्भ हुनेछ । उत्तरषाढा नक्षत्र अहोरात्र घडी ० पला उप्रान्त उत्तरषाढा नक्षत्र प्रारम्भ हुनेछ । अतिगण्ड योग तैतिल करण आज बिहान सूर्योदय ५:५७ मा भयो भने सूर्यास्त साँझ ५:४८ मा हुनेछ। आज बुधबार चन्द्रमा धनु राशिमा ।

मेष राशि
छालासम्बन्धी समस्याले सताउनेछ । आफन्तको धोकाले बनेको काम बिग्रन सक्ने सम्भावना बढेर गएको छ। आयमा कमी विद्यामा बाधा हुनाले मानसिक तनाव बढेर जानेछ।

वृष राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। बोलीमा आएको परिवर्तनमा वृद्धि भएर जानेछ। प्रेमीप्रेमिकाबीच माधुर्यता छाउनेछ ।

मिथुन राशि
पारिवारिक सरसहयोगले कार्यमा थप जिम्मेवारी बढेर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर जानेछ । आयमा वृद्धि भएर जानेछ। पतिपत्नीबीच माधुर्यता छाउने छ । प्रेम गर्ने अवसर जुट्नेछ।

कर्कट राशि
थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्नेछ । ज्वरोको प्रकोप बढेर जानेछ । आफन्तमा बहिरभाव आउनुका साथै पारिवारिक विवादसमेत बढेर जानाले मनमा चिन्ता बढ्नेछ।

सिंह राशि
आर्थिक लेनदेनमा केही वादविवादको सामना गर्नुपर्नेछ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। बोलीमा कठोरता आउनुका साथै झुट्टा आरोपको लान्छना लाग्नेछ।

कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् ।

तुला राशि
बोलीको प्रभाव बढेर जानेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। काममा भएको लगनशीलता र सफलताले सबैको प्यारो बनिनेछ। मिष्ठान्न भोजन मिल्नेछ ।

वृश्चिक राशि
आयमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ । स्वास्थ्यमा उतारचढाव आउनेछ । सञ्चित धनको नाश हुनुका साथै धनमाल हराउने देखिन्छ।

धनु राशि
पराक्रममा वृद्धि भएर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।

मकर राशि
आर्थिक क्षेत्रमा रास आउनेछ । न्यायिक क्षेत्रमा कष्टता आउने योग छ । पारिवारिक कलह बढेर जानाले मानसिक तनाव बढेर जानेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । सजगताका साथ अगाडि बढ्नुहोला।

कुम्भ राशि
अध्ययनमा सफलता पाइने योग छ । राजनीति क्षेत्रमा अग्रता पाइनेछ । बोलीमा मिठास छाउनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नाले मनमा खुसी छाउनेछ।

मीन राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । अनावश्यक खर्च बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । धनमाल हराउन सक्ने देखिन्छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १५, बुधबार ००:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP