काठमाडौँ । २०८२ साल आश्विन २१ गते मंगलबार । तदनुसार ७ अक्टोबर २०२५ । पूर्णिमा तिथी ८ घडी ५८ पला प्रतिपदा तिथी प्रारम्भ हुनेछ । रेवती नक्षत्र ५४ घडी २३ पला उप्रान्त अस्विनी नक्षत्र प्रारम्भ हुनेछ । ध्रुव योग बयब करण आज बिहान सूर्योदय ६:०० मा भयो भने सूर्यास्त साँझ ५:४२ मा हुनेछ। आज मंगलबार चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि
पैत्रिक सम्पत्तिको विषयलाई लिएर वादविवादको सामना गर्नुपर्ने देखिन्छ । साथीभाइबाट आलोचित हुनुपर्ने योग छ। बोलीमा कठोरता हुनाले मनमा चिन्ता बढेर जानेछ।
वृष राशि
अधुरा काम पूरा भएर जानेछन् । शैक्षिक कार्यमा प्रगति भएर जाने देखिन्छ । बोलीमा सुधार भएर जानेछ । साथीभाइको सरसहयोगले लामो धार्मिक यात्राको अवसर मिल्नेछ।
मिथुन राशि
मानसम्मानमा आघात पुग्नेछ । आफन्तमा बहिरभाव आउनेछ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ।
कर्कट राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । गरिरहेको काममा बाधा आउनेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ।
सिंह राशि
बोलीको प्रभाव बढेर जानेछ । आयमा सुधार भएर जाने देखिन्छ । भौतिक साधन खरिद गरिने योग छ। शत्रु पक्षबाट तपाईंकै जीत हुनेछ । मानसम्मानमा वृद्धि भएर जानेछ।
कन्या राशि
मानसम्मान पाइने योग छ । पराक्रममा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार भएर जानेछ। बौद्धिक कार्यमा अगाडि बढिने योग छ। यात्राको अवसर जुट्ने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ।
तुला राशि
गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ। बोलीमा कठोरता आउने देखिन्छ । परिवारमा अनावश्यकरुपमा झैझगडाको सामना गर्नुपर्नेछ। न्यायिक कार्यमा बाधा आउनेछ।
वृश्चिक राशि
मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ । जग्गा जमिनसम्बन्धी विवाद बढेर जानेछ । चोटपटकको सामना गर्नुपर्ने हुँदा सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ ।
धनु राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । पारिवारिक सहयोगले फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ । भोजभतेरमा सहभागी हुने अवसर मिल्नेछ।
मकर राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। प्रेमीप्रेमीकाबीच माधुर्यता छाउने छ। अनावश्यकरुपमा आएको विवादको अन्त्य भएर जानेछ।
कुम्भ राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्नेछ । बोलीमा कठोरता आउने देखिन्छ । गरिरहेको काममा अपजसको सामना गर्नुपर्नेछ। राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।
मीन राशि
साथीभाइको सरसहयोग पाइने योग छ। सौन्दर्यतामा मन जानेछ। परिवारमा माधुर्यता छाउने छ । पराक्रम बढेर जानेछ। लेखनशैलीमा तीव्रता हुनाले मनमा खुसी छाउने छ।
प्रतिक्रिया