• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ साल पौष १४ गते सोमबारः यस्ताे छ आजकाे राशिफल

२०८२ साल पौष १४ गते सोमबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल पौष १४ गते सोमबार तदनुसार २९ डिसेम्बर २०२५ । दशमी तिथी ५१ घडी ४३ पला उप्रान्त एकादशी तिथी प्रारम्भ हुनेछ । अश्विनी नक्षत्र ४९ घडी २० पला उप्रान्त भरणी नक्षत्र प्रारम्भ हुनेछ । शिव योग तैतिल करण आज बिहान सूर्योदय ६:५५ मा र सूर्यास्त साँझ ५:१६ मा हुनेछ । आज सोमबार चन्द्रमा मेष राशिमा

मेष राशि
बोलीको प्रभाव बढेर जानेछ। रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। अनावश्यक विवादको अन्त्य भएर जानेछ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ ।

वृष राशि
मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको छ। सानो कुरामा वादविवादको सिर्जना भएर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । बोलीमा कठोरता आउनाले सबैबाट अपहेलित हुनुपर्ने देखिन्छ ।

मिथुन राशि
नयाँ कार्यको थालनी हुनेछ। । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। नयाँ साथीको आगमनले काममा थप लगानी बढाइने योग छ । लेखनशैलीमा कमी आउनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

कर्कट राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । परिवारमा असमान्जस्य विवाद बढेर जाने देखिन्छ। स्वास्थ्यमा उतारचढाव आउनेछ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।

सिंह राशि
आफन्तमा बहिरभाव आउनेछ। लामो समयदेखि चल्दै आएको काममा बाधा आउने देखिन्छ । झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउने योग छ।

कन्या राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । सामाजिक उत्तरदायित्व बढेर जानेछ। शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । प्रेम गर्ने अवसर मिल्नेछ।

तुला राशि
आफन्तको सहयोगले अधुरा कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । श्रीमान श्रीमतीबीच माधुर्यता छाउने छ । भोजभतेरमा सहभागी हुने अवसर मिल्नेछ।

वृश्चिक राशि
आयमा कमी र विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। आफन्तबाट धोका पाइने योग छ। गरिरहेको काममा ह्रास आउने देखिन्छ । साथीभाइबाट धोका पाइने योग छ।

धनु राशि
परिवारमा अनावश्यक विवाद बढेर जानेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। साझेदारी काममा वादविवाद बढेर जानेछ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ ।

मकर राशि
कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ। स्वास्थ्यमा सुधार भएर जानेछ। । धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ । भौतिक साधन खरिद गरिनुका साथै मिष्ठान्न भोजनको अवसर मिल्नेछ।

कुम्भ राशि
सौन्दर्यतामा मन जाने देखिन्छ। प्रेमीप्रेमीकाबीच माधुर्यता छाउने छ। आकस्मिकरुपमा धनलाभ मिल्ने देखिन्छ। लामो समयपछि पुराना साथीभाइसँग भेटघाट हुनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।

मीन राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। वैदेशिक कार्यमा खर्चको मात्रा बढेर जानेछ। अनावश्यक विवादमा फसिन सक्ने सम्भावना बढेर गएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १४, सोमबार ००:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP