• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ मार्ग १८ गते बिहीबारः यस्ताे छ आजकाे राशिफल

२०८२ मार्ग १८ गते बिहीबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल मार्ग १८ गते बिहीबार तदनुसार ४ डिसेम्बर २०२५ । चतुर्दशी तिथी ०२ घडी ४० पला पूर्णिमा तिथी प्रारम्भ हुनेछ । कृतिका नक्षत्र २१ घडी २८ पला उप्रान्त रोहिणी नक्षत्र प्रारम्भ हुनेछ । शिव योग गर करण आज बिहान सूर्योदय ६:४० मा र सूर्यास्त साँझ ५:६ मा हुनेछ ।
आज बिहीबार चन्द्रमा बृष राशिमा

मेष राशि
अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ । धार्मिक कार्यमा बाधा आउनेछ। सानोतिनो कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। पठनपाठनमा असफलता पाइने योग छ।

वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। धार्मिक तथा सामाजिक काममा सफलता प्राप्त गर्न सकिनेछ। तरल पदार्थ तथा चाँदीजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ।

मिथुन राशि
पैत्रिक सम्पत्तिको विषयलाई लिएर वादविवादको सामना गर्नुपर्ने देखिन्छ। आँखासम्बन्धी समस्याले सताउने योग छ। लामो समयदेखि गरिरहेको काममा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।

कर्कट राशि
लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। दाजुभाइमा सरसहयोग मिल्नाले मनमा उत्साह बढेर जाने देखिन्छ। जग्गा जमिनबाट राम्रै आम्दानी गर्न सकिनेछ।

सिंह राशि
व्यर्थैमा झै झगडाको सामना गर्नुपर्ने देखिन्छ। चोटपटकको सम्भावना बढेर गएको छ। बोलीमा कठोरता आउनुका साथै विश्वास गरेका साथीभाइबाट धोका पाइनाले मनमा चिन्ता बढेर जानेछ।

कन्या राशि
सवारी साधनबाट जोगिनुपर्नेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। राज्य पक्षबाट समेत कष्टता पाइने योग छ।

तुला राशि
बोलीको प्रभाव बढेर जानेछ । पतिपत्नीबीच माधुर्यता छाउने छ। सवारी साधन खरिद गरिने योग छ। अनावश्यकरुपमा चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।

वृश्चिक राशि
पराक्रम बढेर जानेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिने योग छ। जग्गा जमिनसम्बन्धी कामबाट मनग्य लाभ लिन सकिनुका साथै प्रेम गर्ने अवसर जुट्नेछ।

धनु राशि
मानसम्मानमा आघात पुग्नेछ। परिवारमा असमानजस्य विवाद बढेर जानेछ। पारिवारिक समस्याले सताउने देखिन्छ। सामाजिक काममा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।

मकर राशि
पेशागत झमेलामा पर्न सक्ने सम्भावना बढेर गएको छ। जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।

कुम्भ राशि
आयमा वृद्धि कार्यमा प्रगति भएर जाने देखिन्छ। बोलीको प्रभाव बढेर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। साझेदारी काममा सफलता प्राप्त हुनाले सबैको प्यारो बनिनेछ।

मीन राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन्। लेखनशैलीमा कमी आउनेछ । शारीरिक अस्वस्थता बढेर जानेछ। पैत्रिक सम्पत्तिमा विवाद बढ्नाले मानसिक तनाव बढेर जाने देखिन्छ। सजगता अपनाउनुहोला।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १८, बिहीबार ००:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP