• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ भाद्र १७ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

२०८२ भाद्र १७ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल भाद्र १७ गते मंगलबार । तदनुसार २ सेप्टेम्बर २०२५ । दशमी तिथी ४७ घडी ४० पला उप्रान्त एकादशी तिथी प्रारम्भ हुनेछ । मुल नक्षत्र ३६ घडी १२ पला उप्रान्त पूर्वाषाढा नक्षत्र प्रारम्भ हुनेछ । पित्रीयोग तैतिल करण आज बिहान सूर्योदय ५:४३ मा भयो भने सूर्यास्त साँझ ६:२२ मा हुनेछ। आज मंगलबार चन्द्रमा धनु राशिमा ।

मेष
तेजमा कमी आउनेछ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कान सक्ने सम्भावना बढेर गएको देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।

बृष
पारिवारिक सरसहयोगले अधुरा कामहरू पूरा भएर जानेछन्। साथीभाइको मन जित्न सकिनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ ।

मिथुन
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। आयमा वृद्धि भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थालेछन् । भोज भतेरमा सहभागी हुने अवसर जुट्ने देखिन्छ ।

कर्कट
पारिवारिक समस्याले सताउनेछ । मातृ स्वास्थ्यमा उतारचढाव आउने योग छ। मानसम्मानमा आघात पुग्नुका साथै गरिरहेको काममा समेत बाधा हुनाले मानसिक तनाव बढेर जानेछ।

सिंह
काममा ढिलासुस्ती भएर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। धनमाल हराउनुका साथसाथै शैक्षिक क्षेत्रमा भएको बाधाले मानसिक तनाव नबल्ला भन्न सकिँदैन।

कन्या
आयमा भएर बृद्धि भएर जानेछ । शौखिनताका सामानहरू खरिद गरिने योग छ। पठनपाठनमा प्राप्त सफलताले सबैको विश्वास जित्न सकिनेछ। दाम्पत्य जीवनमा खुसियाली छाउनेछ।

तुला
कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। स्थायी सम्पत्तिमा वृद्धि भएर जाने देखिन्छ । धार्मिक यात्राको अवसर जुट्ने योग छ।

बृश्चिक
आयमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ। गरिरहेका काममा ह्रास आउने देखिन्छ । गुप्ताङ्गसम्बन्धी समस्याले सताउनुका साथसाथै झुटा आरोपको समेत सामना गर्नुपर्नेछ।

धनु
पारिवारिक सरसहयोग पाइनेछ । तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुनुका साथै स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ ।

मकर
बोलीमा कठोरता आउने देखिन्छ । पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा कलह बढेर जानेछ। सञ्चित धनको नाश हुनुका साथै वादविवादको समेत सामना गर्नुपर्ने योग छ । सजग रहनुहोला ।

कुम्भ
रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ। आकस्मिकरुपमा आयमा वृद्धि हुनाले मनमा आनन्दत्व छाउनेछ।

मीन
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । यात्राको अवरु पाइने योग छ। शैक्षिक क्षेत्रमा बाधा हुनुका साथै अनावश्यकरूपमा आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १७, मंगलवार ०२:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP