• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ कार्तिक ३ गते सोमबारः यस्ताे छ आजकाे राशिफल

२०८२ कार्तिक ३ गते सोमबारः यस्ताे छ आजकाे राशिफल

काठमाडाैँ । २०८२ साल कार्तिक ३ गते सोमबार तदनुसार २० अक्टोबर २०२५ । चतुर्दशी तिथी २२ घडी ११ पला औंसी तिथी प्रारम्भ हुनेछ । हस्ता नक्षत्र ३६ घडी १५ पला उप्रान्त चित्रा नक्षत्र प्रारम्भ हुनेछ । बैभव योग चतुष्घ्न करण आज बिहान सूर्योदय ६:०७ मा भयो भने सूर्यास्त साँझ ५:२८ मा हुनेछ। आज सोमबार चन्द्रमा कन्या राशिमा ।

मेष राशि
बोलीमा कठोरता आउने देखिन्छ । शारीरिक आलस्यताले सताउनेछ । अनावश्यकरूपमा साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ । आय आर्जनमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।

वृष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । राज्यपक्षबाट कष्टता पाइने योग छ । लेखनशैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।

मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर जानेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ ।

कर्कट राशि
आय आर्जनमा बृद्धि भएर जानेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ । दाजुभाइको सहकार्यमा नयाँ कार्यको थालनी हुने देखिन्छ ।

सिंह राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। जागिरमा अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ । मानसम्मानमा अघात पुग्नेछ।

कन्या राशि
आर्थिक क्षेत्रमा कमी आउनेछ । अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । पैत्रिक सम्पत्तिको विषयमा दाजुभाइमा कलह बढेर जाने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।

तुला राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। आफन्तको सहयोगले मानसम्मानमा वृद्धि भएर जानेछ । लेखनशैलीमा तीव्रता आउनेछ। पठनपाठनमा सफलता पाइने योग छ।

वृश्चिक राशि
आफन्तको सरसहयोगले काममा अग्रसरता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढेर जानेछ। नयाँ कार्यको थालनी हुनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् ।

धनु राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन्। पारिवारिक कलह बढेर जानेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने योग छ । धनमाल हराउन सक्ने देखिन्छ ।

मकर राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। गरिरहेका काममा बाधा आउनेछ। मानसिक तनाव बढेर जाने देखिन्छ ।

कुम्भ राशि
धार्मिक तीर्थस्थलको भ्रमण गरिने छ । अधुरा कामहरू पूरा भएर जानेछन्। विद्यार्थी क्षेत्रमा सफलता पाइने योग छ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ । भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।

मीन राशि
कार्यमा सफलता पाइने योग छ । सन्तानको सहयोगले नयाँ कार्यको थालनी हुनेछ। अनावश्यकरुपमा धनलाभ मिल्नेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। न्यायिक क्षेत्रमा तपाईंकै जीत हुने देखिन्छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ३, सोमबार ००:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP