• २०८३ असार ३२ | Thu, 16 Jul 2026

सिन्धु-युएसए वेलफेयर सोसाइटीद्वारा संस्थापक अध्यक्ष वंशलाल तामाङ सम्मानित

सिन्धु-युएसए वेलफेयर सोसाइटीद्वारा संस्थापक अध्यक्ष वंशलाल तामाङ सम्मानित

सिन्धुपाल्चाेक । सिन्धु-युएसए वेलफेयर सोसाइटीले आफ्नो १५ औँ स्थापना दिवस तथा दीपावली साँझको अवसरमा संस्थापक अध्यक्ष वंशलाल तामाङलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान गरेको छ।

​क्वीन्सको वुडसाइडस्थित गुलशन टेरेसमा आयोजित कार्यक्रममा न्यूयोर्क राज्य एसेम्ब्लीका नवनिर्वाचित सदस्य स्टीभन रागा (Steven Raga) को प्रमुख आतिथ्यतामा सम्मान गरिएकाे थियो।

​संस्थाले आफ्नो स्थापनाकालदेखि नै ‘Education for Life’ (जीवनका लागि शिक्षा) को मूल नारासहित नेपालमा शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ। सोही क्रममा, सिन्धु-युएसए वेलफेयर सोसाइटीले नेपालका आर्थिकरूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग गर्नुका साथै SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने जस्ता परोपकारी कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।

​१५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा संस्थाको सफल यात्राको जग बसाल्ने संस्थापक अध्यक्ष वंशलाल तामाङलाई विशेष सम्मान गरिएको थियो। उहाँले संस्थालाई यो उचाइमा पुर्‍याउन खेलेको भूमिकाको प्रशंसा गर्दै कार्यक्रममा उपस्थित वक्ताहरूले उहाँको योगदानको कदर गरेका थिए।

​प्रमुख अतिथि स्टीभन रागाले संस्थाले शिक्षा र सामाजिक सेवाको क्षेत्रमा पुर्‍याएको योगदानको सराहना गर्दै आगामी दिनमा पनि यस्ता कार्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले डायस्पोरामा रहेर पनि नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरिरहेकोमा सिन्धु-युएसए वेलफेयर सोसाइटीको प्रशंसा गरे।

​कार्यक्रममा संस्थाका पदाधिकारीहरूले सिन्धु-युएसए वेलफेयर सोसाइटीको भावी योजनाहरूबारे प्रकाश पार्दै नेपालमा अझ बढी विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध गराउने लक्ष्य रहेको बताए।

​दीपावलीको उत्साहपूर्ण माहोलमा विविध सांस्कृतिक प्रस्तुति, गीत, संगीत र नृत्यका साथ कार्यक्रम सम्पन्न भएको थियो । जहाँ समुदायका सदस्यहरूले भेटघाट गरी चाडपर्वको शुभकामना आदानप्रदान गरेका थिए। उक्त कार्यक्रम सिन्धु-युएसए वेलफेयर सोसाइटीको सामाजिक प्रतिबद्धता र समुदायलाई जोड्ने प्रयासको सफल उदाहरण बनेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २, आईतवार १५:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP