• २०८३ असार ३१ | Wed, 15 Jul 2026

चितुवाले आक्रमण गरेर दुःख दिएपछि नियन्त्रण गर्न धुलिखेलकाे देवीटारमा खाेर राखियाे

चितुवाले आक्रमण गरेर दुःख दिएपछि नियन्त्रण गर्न धुलिखेलकाे देवीटारमा खाेर राखियाे

काभ्रेपलाञ्चोक । जिल्लाकाे धुलिखेल नगरपालिका वडा नं १ स्थित बनेपादेखि देवीटार सडक खण्डमा बिहान बेलुकी जंगली जनावर हिंस्रक चितुवाले सवारीसाधन र मानिसलाई आक्रमण गरेका खबर आइरहेका छन् ।

यसअघि विशेषगरि साना सवारी साधनहरु अटोरिक्सा र मोटरसाइकल तथा पैदलयात्रीलाई पटक पटक आक्रमण गरेपछि स्थानीयहरुले जिल्ला वन कार्यालय काभ्रेमा खबर गरेका थिए।

साे को जानकारी प्राप्त भए पश्चात वन कार्यालयले साे हिंस्रक जंगली जनावरलाई नियन्त्रण गर्नका लागि धुलिखेल नगरपालिका वडा नं १ को समन्वयमा सम्भावित क्षेत्रमा चारोसहितको खोर राखिएको छ।

यसले हिंस्रक जंगली जनावरको नियन्त्रण गर्न सफल हुने वन कार्यालयले विश्वास गरेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २, आईतवार १५:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP