• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग छलफल गर्ने

प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग छलफल गर्ने

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलसँग आज छलफल गर्दै हुनुहुन्छ।

आगामी फागनु ११ गते निर्धारित निर्वाचनका सम्बन्धमा आज दिउँसाे ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले सात राजनीतिक दलसँग सम्वाद गर्न लाग्नुभएको हाे ।

छलफलका लागि तत्कालीन संसदमा मान्यता प्राप्त सात राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ।

छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल पार्टीका प्रतिनिधिहरूलाई बोलाइएको छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ४, मंगलवार ०४:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP