• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कांग्रेसले आफ्नाे भागमा परेका २० जना समानुपातिक सांसदको सूची टुंग्यायो

कांग्रेसले आफ्नाे भागमा परेका २० जना समानुपातिक सांसदको सूची टुंग्यायो

काठमाडौँ । नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम टुंगाे लगाएकाे प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । त्यसका लागि कांग्रेसले समानुपातिकमा १५ जना महिला छान्नुपर्नेछ । अब प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद हुनेछन् ।

आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पीछडिएको गरेर कुल ५ जना सांसदको चयन गरिएको छ । प्रस्तावित नाम उपर निर्वाचन आयोगले क्लस्टरवाइज रूजु गरेपछि केही मिलाउनु पर्ने भए फेरबदल हुनसक्ने भएकाले नाम भने सार्वजनिक गरिएकाे छैन ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १, आईतवार १३:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP