काठमाडौँ । प्रत्यक्षमा १२४ सिट जितिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पनि उच्च मत ल्याउँदै अघि देखिएको छ ।
यो समाचार तयार पार्दासम्म ८३ लाख ८ हजार ८१३ मतगणना भइसकेको छ ।
जसमा रास्वपाले ४० लाख १० हजार १७, नेपाली कांग्रेसले १३ लाख ४९ हजार ७८९ र एमालेले ११ लाख ४३ हजार ९०१ मत पाएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले ५ लाख ८८ हजार ०९२, राप्रपाले २ लाख ७५ हजार १६२, श्रम संस्कृती पार्टीले २ लाख ९० हजार १८, जनता समाजवादी पार्टीले १ लाख २४ हजार २०२ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १८ हजार ५५० मत पाएका छन् ।
प्रत्यक्षमा १६१ स्थानकाे परिणाम आउँदा १२४ सिटसहित रास्वपा पहिलाे
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेकाे छ । निर्वाचन आयाेगका अनुसार हालसम्म प्रत्यक्षमा १६५ मध्ये १६१ स्थानकाे नतिजा आइसकेकाे छ ।
विभिन्न जिल्लाका धेरैजसाे निर्वाचन क्षेत्रमा मतगणना भई परिणाम आइसकेका हुन् । मतगणना भइसकेका स्थान मध्ये रास्वपाकाे पक्षमा उल्लेख्य जनलहर देखिएकाे छ ।
जसमा रास्वपा १ स्थानमा अग्रता रहँदा १२४ स्थानमा विजयी भइसकेकाे छ । कांग्रेसले १७ स्थानमा जीत हात पारेकाे छ भने एक स्थानमा अघि छ। यस्तै एमाले एक स्थानमा अघि र ८ स्थानमा जीत हात पारेकाे छ ।
नेकपाले ७ स्थानमा जीत हात पारेकाे छ । श्रम संस्कृति ३ स्थानमा जितेकाे छ । यसैगरि राप्रपाले १ स्थानमा जितेकाे छ भने स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट हात पारेका छन् । उता समानुपातिकमा पनि रास्वपा नै अघि देखिएकाे छ ।
प्रतिक्रिया