• २०८३ असार ३२ | Thu, 16 Jul 2026

सेवक नेपाल बालगृह संचालनार्थ आयाेजित देउसी भैलाेमा ७ लाख ५ हजार संकलन

सेवक नेपाल बालगृह संचालनार्थ आयाेजित देउसी भैलाेमा ७ लाख ५ हजार संकलन

कुन्तावेँसी । सेवक नेपाल बालगृह संचालनार्थ आयाेजना गरिएकाे देउसी भैलाे कार्यक्रममा ७ लाख ५ हजार १४० रुपैंयाँ संकलन भएकाे छ ।

तिहारका दिनमा सिन्धुपाल्चाेक र काभ्रेका बिभिन्न स्थानमा गरिएकाे देउसी भैलाेमा साे रकम संकलन भएकाे हाे । जस अन्तर्गत सिन्धुपाल्चाेककाे मेलम्ची बजारका २ ठाउँमा खेलिएकाे देउसीभैलाेमा १ लाख २५ हजार ४४५ रुपैंयाँ संकलन भएकाे थियाे । यस्तै काभ्रेकाे मण्डनदेउपुर स्थित सिपाघाटमा ८० हजार ९०६ र कुन्तावेँसीमा खेलिएकाे देउसीभैलाेबाट १ लाख ९२ हजार ५५० संकलन भएकाे थियाे ।

पाँचखाल बजारमा १ लाख ५१ हजार ३२५ र शिखरपुरमा ५७ हजार ४४० रुपैंयाँ संकलन भएकाे सेवक नेपालले जनाएकाे छ । यता बनेपामा भएकाे कार्यक्रममा ८८ हजार ७५० संकलन भएकाे थियाे । जसमा नगद ६ लाख ९२ हजार २४० र अनलाइनबाट १२ हजार ९०० संकलन भएकाे थियाे । देउसीभैलाे कार्यक्रममा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुकाे प्रस्तुति निकै राेचक थियाे ।

संकलित रकमले मण्डनदेउपुर नगरपालिकास्थित धाइटारमा रहेकाे सेवक नेपाल बालगृह संचालनका लागि खर्च हुनेछ। यहाँ हाल ३७ जना बालबालिका आश्रित रहेकाे सेवक नेपालका अभियान्ता यादव चाैलागाईंले जानकारी दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ८, शनिबार १४:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP