• २०८३ असार ३१ | Wed, 15 Jul 2026

राष्ट्रपतिद्वारा शुभसाइतमा बहिनीहरुबाट तिहारको टीका ग्रहण

राष्ट्रपतिद्वारा शुभसाइतमा बहिनीहरुबाट तिहारको टीका ग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ। उहाँले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाउनुभएकाे हाे ।

आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बिहान ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ६, बिहीबार ११:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP