सिन्धुपाल्चाेक । गत कात्तिक ५ गते मेलम्ची बजारमा भएको आगलागीबाट पूर्णरूपमा क्षति पुगेका अधिकारी फेन्सी स्टोर तथा सँगै रहेको धनलक्ष्मी ज्वेलर्सका पीडित व्यवसायीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ।
मेलम्ची नगर उद्योग वाणिज्य संघको आव्हानमा साेमबार (आज) दिउँसोसम्म आठ लाख ३४ हजार एक सय एकाउन्न रुपैंयाँ संकलन भएको र साे रकम हस्तान्तरण गरिएकाे संघले जनाएको छ।
उक्त रकममध्ये पचास हजार रुपैंयाँ धनलक्ष्मी ज्वेलर्सका प्रोप्राइटर रोशन सुनारलाई र बाँकी सात लाख चौरासी हजार एक सय एकाउन्न रुपैंयाँ अधिकारी फेन्सी स्टोरका प्रोप्राइटर दिनेश अधिकारीलाई हस्तान्तरण गरिएको संघका महासचिव तारा बानियाँले जानकारी दिनुभयो ।
कार्यक्रममा मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्करप्रसाद धिताललगायत पदाधिकारी, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश दाहाललगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया