काठमाडाैँ । २०८२ साल कार्तिक १२ गते बुधबार तदनुसार २९ अक्टोबर २०२५ । अष्टमी तिथी ५६ घडी ३१ पला नवमी तिथी प्रारम्भ हुनेछ । उतरषाढा नक्षत्र १९ घडी १३ पला उप्रान्त श्रवण नक्षत्र प्रारम्भ हुनेछ । शुलयोग भर करण आज बिहान सूर्योदय ६:१३ मा भयो भने सूर्यास्त साँझ ५:२० मा हुनेछ । आज बुधबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
आँखासम्बन्धी समस्याले सताउनेछ। मानसम्मानमा आघात पुग्नेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको धनमाल समेत हराउन सक्नेछ ।
वृष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । पारिवारिक कलह बढेर जानेछ। दाजुभाइमा अनावश्यकरुपमा मनमुटावको सिर्जना हुँदा मनमा चिन्ता बढेर जानेछ । राज्य पक्षबाट समेत कष्टता पाइने योग छ।
मिथुन राशि
व्यापार व्यवसायमा राम्रै आम्दानी गर्न सकिनेछ । लेखन शैलीमा तीव्रता आउनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य हुनुका साथै नयाँ कार्यको थालनीसमेत हुने देखिन्छ।
कर्कट राशि
कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिने योग छ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ । आफन्तको सहयोग पाइने छ ।
सिंह राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । चोटपटकको सम्भावना बढेर गएको छ। अनावश्यकरुपमा वादविवाद बढेर जानेछ। आफन्तले धोका दिने योग छ।
कन्या राशि
परिवारमा असमान्ञ्जस्य विवाद बढेर जानेछ । जागिरमा अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ । आर्थिक लेनदेनमा थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
तुला राशि
पराक्रम बढेर जानेछ । दाजुभाइमा मेलमिलापको सम्भावना बढेर गएको छ। धार्मिक कार्यको शुभारम्भ गरिने योग छ । शैक्षिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ ।
वृश्चिक राशि
गरिरहेको काममा वृद्धि भएर जानेछ। विपरीत लिङ्गीको सहयोगले कार्यमा सफलता प्राप्त नहोला भन्न सकिँदैन। लेखन शैलीमा तीव्रता आउनेछ। भोज भतेरमा सहभागी हुने अवसर जुट्नेछ।
धनु राशि
अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ। विश्वास गरेका साथीभाइबाट ढोका पाइने योग छ । सञ्चित धनको नाश भएर जाने देखिन्छ । स्वास्थ्यमा खराबी आउनेछ।
मकर राशि
बोलीको प्रभाव बढेर जानेछ । स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ । पठनपाठनमा सुधार हुनेछ । ठूला व्यक्तिको साथ सहयोगले कसैको धन उठ्न सक्ने योग छ।
कुम्भ राशि
पशु तथा चौपायाबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । दाजुभाइमा थोरै कुरामा पनि विवादको सामना गर्नुपर्नेछ । आकस्मिकरुपमा धन खर्च भएर जानेछ। सजगताका साथ अगाडि बढ्नुहोला।
मीन राशि
जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। सामाजिक उत्तरदायित्व बढेर जानेछ। आफन्तको सरसहयोग कार्यमा तपाईंकै जीत हुने योग छ।
प्रतिक्रिया