काठमाडौँ । २०८२ साल आश्विन ४ गते शनिबार । तदनुसार २० सेप्टेम्बर २०२५ । चतुर्दशी तिथी ४४ घडी ५८ पला औंसी तिथी प्रारम्भ हुनेछ । मघा नक्षत्र ८ घडी ३३ पला उप्रान्त पूर्वफाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । साध्य योग भर करण आज बिहान सूर्योदय ५:५१ मा भयो भने सूर्यास्त साँझ ६:०१ मा हुनेछ। आज शनिबार चन्द्रमा सिंह राशिमा ।
मेष राशि
व्यर्थमा झैझगडाको सामना गर्नुपर्नेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। आर्थिक क्षेत्रमा ह्रास आउनेछ । मातृ स्वास्थ्यमा उतारचढाव आउनाले मनमा चिन्ता बढेर जानेछ।
वृष राशि
सामाजिक उत्तरदायित्व बढेर जानेछ। रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछन् । धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने देखिन्छ । स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ।
मिथुन राशि
पठनपाठनमा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आउने देखिन्छ। आकस्मिकरुपमा धनलाभ प्राप्त हुनेछ। नयाँ कार्यको थालनी हुनेछ । जागिरमा पदोन्नति भएर जाने देखिन्छ।
कर्कट राशि
गरिरहेको काममा बाधा आउनेछ । आर्थिक क्षेत्रमा कष्टता पाइने योग छ । पारिवारिक समस्याले सताउने देखिन्छ । शैक्षिक क्षेत्रमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।
सिंह राशि
भोज भतेरमा सहभागी हुने अवसर जुट्नेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ । आफन्तको सहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
कन्या राशि
पठनपाठनमा बाधा हुनेछ । जग्गा जमिनसम्बन्धी वादविवादको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक कलह बढेर जानेछ। मानसम्मानमा आघात पुग्नेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ।
तुला राशि
वैदेशिक कार्यबाट प्रशस्त लाभ लिन सकिने योग छ। लेखन शैलीमा तीव्रता आउनेछ। पशुपालनबाट प्रशस्तै आम्दानी गरिनेछ। दाजुभाइको सहयोगले रोकिएका कामहरू पूरा भएर जानेछन्।
वृश्चिक राशि
झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ । पारिवारिक कलह बढेर जानेछ। जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । स्वास्थमा गडबढ आउने देखिन्छ।
धनु राशि
आर्थिक क्षेत्रमा कष्टता पाइने योग छ। सानो कुरामा पनि पारिवारिक कलह बढेर जानेछ। कृषि क्षेत्रबाट घाटा बेहोर्नुपर्ने देखिन्छ। लेखनशैलीमा रास आउने देखिन्छ।
मकर राशि
बोलीको प्रभाव बढेर जानेछ । शत्रु पक्षबाट तपाईंकै जित हुनेछ । जग्गा जमिनसम्बन्धी कामबाट प्रशस्त लाभ लिन सकिनेछ। प्रेम गर्ने अवसर मिल्नेछ ।
कुम्भ राशि
पारिवारिक समस्याहरू समाधान भएर जानेछ । तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। सवारी साधनबाट लाभ लिन सकिने योग छ।
मीन राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । आर्थिक क्षेत्रमा कष्टता पाइने योग छ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ। कृषि तथा पशुपालनबाट घाटा बेहोर्नु पर्दा मनमा चिन्ता बढेर जानेछ।
प्रतिक्रिया