• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ साल भाद्र १२ गते बिहीबारः थाहा पाउनुहाेस् आजकाे राशिफल

२०८२ साल भाद्र १२ गते बिहीबारः थाहा पाउनुहाेस् आजकाे राशिफल

काठमाडाैं । २०८२ साल भाद्र १२ गते बिहीबार । तदनुसार २८ अगस्ट २०२५ पञ्चमी तिथी २५ घडी ३३ पला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ । चित्रा नक्षत्र ६ घडी २५ पला उप्रान्त स्वाती नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग कौलव करण आज बिहान सूर्योदय ५:४१ मा भयो भने सूर्यास्त साँझ ६:२७ मा हुनेछ। आज बिहीबार चन्द्रमा तुला राशिमा ।

मेष राशि
बोलीमा माधुर्यता छाउनेछ । आयमा बृद्धि हुनाका साथै लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । साथीभाइको सरसहयोग पाउनाले मनमा खुसी छाउनेछ।

वृष राशि
चोटपटकको सम्भावना बढेर गएको छ । लेखन शैलीमा तीव्रता आउनेछ। आर्थिक लेनदेनमा विवादको सामना गर्नुपर्नेछ । विश्वास गरेका जनहरूबाट प्राप्त धोकाले मनमा चिन्ता बढेर जानेछ।

मिथुन राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त हुनाले सबैको विश्वासिलो भइनेछ । आकस्मिकरूपमा धनलाभ प्राप्त गर्न सकिनेछ। धार्मिक तीर्थस्थलको भ्रमण गरिने योग छ।

कर्कट राशि
स्वास्थ्यमा सुधार भएर जानेछ। काममा कहिले ढिलासुस्ती भएता पनि सफलता पाइने योग छ। भोजभतेरमा सहभागी हुने अवसर प्राप्त हुनाका साथै मानसम्मान पाइने योग छ ।

सिंह राशि
गरिरहेको काममा ढिला सुस्ती भएर जानेछ। अनावश्यकरूपमा विवादको सामना गर्नुपर्नेछ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ। । जागिरमा अपजसकाे सामना गर्नुपर्ने देखिन्छ ।

कन्या राशि
भेट्दैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । मानसम्मानमा अघात पुगिनेछ। जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । सजक रहनुहोला।

तुला राशि
न्यायिकतामा सफलता पाइने योग छ । शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ। स्वास्थ्यमा सुधार भएर जानेछ। पठनपाठन प्राप्त सफलताले सबैको प्यारो बनिनेछ ।

वृश्चिक राशि
काममा बाधा आउने देखिन्छ । लेखन शैलीमा कमी आउने देखिन्छ। शैक्षिक क्षेत्रमा विवाद आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ।

धनु राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । जग्गा जमिनसम्बन्धी विवादमा कमी आउने र बोलीमा माधुर्यता छाउनेछ । पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलो समय व्यतीत हुने देखिन्छ ।

मकर राशि
स्वास्थ्यमा सुधार भएर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। दाजुभाइमा आत्मीयता बढेर जानुका साथै नयाँ कार्यको थालनी हुनेछ।

कुम्भ राशि
थोरै कुरामा वादविवाद बढेर जानेछ। आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने योग छ। आर्थिक क्षेत्रमा ह्रास हुनुका साथै झुटा आरोपको सामना गर्नुपर्नेछ।

मीन राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन्। मुद्दा मामिलामा फसिने योग छ। शत्रु पक्षबाट जोगिनुपर्नेछ । गुप्ताङ्गसम्बन्धी समस्याले सताउनाले मानसिक तनाव बढेर जानेछ।

ज्याेतिषः प्रमाेद भट्टराई



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १२, बिहीबार १३:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP