• २०८३ असार ३० | Tue, 14 Jul 2026

२०८३ असार २८ गते आइतबार, यस्तो छ आजको राशिफल

२०८३ असार २८ गते आइतबार, यस्तो छ आजको राशिफल

काठमाडाैं । २०८३ असार २८ गते आइतबार, तदनुसार १२ जुलाइ २०२६ । यस्ताे छ आजकाे राशिफल
मेष
धैर्य र सन्तुलित व्यवहारले आज जस्तोसुकै जटिल काम पनि सहजै बन्नेछन् । परिवारका सदस्यहरूसँग बसेर गरिने छलफल र सल्लाह निकै उपयोगी सावित हुनेछ । करियरमा नयाँ अवसर वा पदोन्नतिको राम्रो योग देखिएको छ ।
वृष
बीचमा रोकिएका अधुरा योजनाहरूलाई फेरि गति दिने अवसर मिल्नेछ । आफ्नो कार्यतालिका आफैं चुस्त बनाएर अघि बढ्नु राम्रो होला । आर्थिकरूपमा आम्दानी सन्तोषजनक रहे पनि केही अप्रत्याशित ठाउँमा खर्च हुन सक्ने भएकाले बजेटमा ध्यान दिनुहोला ।
मिथुन
आजको अधिकांश समय घरका आवश्यक काम, मर्मत सम्भार र व्यवस्थापनमा बित्नेछ । आफन्त र नजिकका सहयोगीहरूको बलियो साथ पाइने हुनाले सोचेजस्तै कामहरू समयमै सम्पन्न हुनेछन् । आर्थिक कारोबार र खर्चको हिसाब समयमै दुरुस्त राख्दा पछि सजिलो होला ।

कर्कट
छोटो दूरीको फलदायी यात्राको योग छ, जहाँ नयाँ व्यावसायिक वा व्यक्तिगत अवसरहरू मिल्न सक्छन् । बोलीको प्रभाव बढ्ने भएकाले अरूलाई प्रभावित पार्न सकिनेछ ।
सिंह
लामो समयदेखि प्रतिस्पर्धामा रहेका क्षेत्रहरूमा जित हासिल हुनेछ । रोकिएका पुराना धन फिर्ता हुन सक्छन् वा सानातिना विवादहरू सुल्झिनेछन् । स्वास्थ्य सबल रहनेछ र व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

कन्या
थन्किएका, अधुरा र पुराना कामहरूलाई फाइलिङ गर्ने तथा व्यवस्थित गर्ने योग छ । आवश्यक कागजात वा महत्त्वपूर्ण सामानहरू बेलैमा मिलाएर राख्दा भविष्यमा फाइदा हुनेछ । वरिपरिको वातावरण सफा र व्यवस्थित राख्दा मनमा सकारात्मक ऊर्जा रहनेछ ।
तुला
साथीभाइ तथा प्रियजनहरूसँग रमाइलो भेटघाट हुने र पुराना सम्झनाहरू ताजा गर्ने अवसर मिल्नेछ । कसैबाट अचानक सुखद निमन्त्रणा आउन सक्छ, जसले गर्दा दिन उत्साहजनक र मनोरञ्जक रहनेछ ।
वृश्चिक
आफ्नो कार्यक्षेत्रमा सोचेअनुरूप प्रगति र सफलता हात लाग्नेछ । तपाईंको लगनशीलता र मेहेनतको उचित मूल्यांकन हुने दिन छ । साथीभाइको समयमै मिल्ने सहयोगले रोकिएका कतिपय कामहरू सुचारु हुनेछन् ।

धनु
नयाँ ठाउँको भ्रमण वा नयाँ विषयवस्तुको अध्ययनले मनलाई ताजा र उत्साहित बनाउनेछ । धेरै सोचविचार गरेर समय खेर फाल्नुभन्दा योजनालाई तत्काल कार्यान्वयनमा लैजानु राम्रो हुनेछ ।
मकर
आज स्वास्थ्य र खानपानको शैलीमा विशेष ध्यान दिनुहोला । सोचेका कामहरूमा केही प्राविधिक वा व्यावहारिक ढिलाइ हुन सक्छ, तर धैर्यता नगुमाई अघि बढ्नुहोला । साझेदारीका व्यवसाय वा सामूहिक कामहरूमा आर्थिक कुराकानी स्पष्ट राख्नु राम्रो हुन्छ ।

कुम्भ
घर वा कार्यस्थलमा केही नयाँ काम वा जिम्मेवारीको सुरुवात हुने संकेत छ । आफ्ना योजना, विचार र दृष्टिकोणहरू खुलारूपमा राख्नुहोला, अरूले त्यसलाई स्वीकार गर्नेछन् । दिन सन्तुलित र सकारात्मक रहनेछ ।
मीन
तपाईंको प्रभावकारी बोली र कार्यक्षमताले बिग्रेका धेरै कुराहरूलाई ट्र्याकमा ल्याउनेछ । कार्यक्षेत्रमा केही नयाँ वा थप जिम्मेवारी आए पनि त्यसलाई सजिलै सम्हाल्न सक्नुहुनेछ, जसले गर्दा समाज र कार्यस्थलमा प्रतिष्ठा बढ्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २८, आईतवार ०७:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP