बनेपा । २०८२ साल भाद्र २२ गते आइतबार तदनुसार ७ सेप्टेम्बर २०२५ पूर्णिमा तिथी ४५ घडी ९ पला उप्रान्त प्रतिपदा तिथी प्रारम्भ हुनेछ । शतभिषा नक्षत्र ४२ घडी ५३ पला उप्रान्त पूर्वभाद्र नक्षत्र प्रारम्भ हुनेछ । सुकर्म योग भर करण आज बिहान सूर्योदय ५:४६ मा भयो भने सूर्यास्त साँझ ६:१६ मा हुनेछ। आज आइतबार चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। स्वास्थ्यमा उतारचढाव आउनुका साथै शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ।
वृष राशि
अध्ययनमा रुचि बढेर जानेछ । नयाँ वस्त्र पाइने योग छ। धार्मिक कार्यमा सहभागी भइनेछ । दाजुभाइमा सरसहयोग प्राप्त हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ।
मिथुन राशि
अनावश्यकरुपमा खर्चको मात्रा बढेर जानेछ। दुर्व्यशनमा फसिने योग छ। मुद्दा मामिलामा पर्न सक्ने सम्भावना बढेर गएको छ। गरिरहेको काममा बाधा आउने देखिन्छ।
कर्कट राशि
अधुरा काम पूरा भएर जानेछन् । बोलीमा मिठास आउनेछ । आफन्तको साथ सहयोगले लेखन शैलीमा तीव्रता आउने देखिन्छ । आकस्मिक धनलाभ मिल्ने देखिन्छ।
सिंह राशि
जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। यात्राको अवसर मिल्नेछ । व्यापार व्यवसायमा सफलता पाइनुका साथै शैक्षिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ ।
कन्या राशि
मातृ स्वास्थ्यमा शिथिलता आउने देखिन्छ। जग्गा जमिनसम्बन्धी काममा उतारचढाव आउने देखिन्छ। पारिवारिक कलह बढेर जानुका साथै कुरा काट्नेहरु सक्रिय रहनेछन्।
तुला राशी
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । शेयर कारोबारमा घाटा बेहोर्नु पर्ने देखिन्छ । पठनपाठनमा ह्रास आउनाले मनमा चिन्ता बढेर जानेछ।
वृश्चिक राशि
बोलीको प्रभाव बढेर जानेछ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। सामाजिक कार्यमा समय व्यतीत भएर जानेछ। स्थानान्तरणको योग रहेको छ । प्रेम गर्ने अवसर जुट्नेछ।
धनु राशि
आकस्मिक धनलाभ मिल्ने देखिन्छ। धनमाल जोडिन सक्ने सम्भावना बढेर जाने देखिन्छ। पतिपत्नीबीच माधुर्यता छाउने छ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ । मानसम्मानमा वृद्धि भएर जानेछ।
मकर राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ । जागिरमा अपजसको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।
कुम्भ राशि
पठनपाठनमा सफलता पाइने योग छ। पराक्रम बढेर जानेछ। आफन्तको सहयोगले काममा सुधार भएर जानेछ। नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
मीन राशि
चाेटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। आयमा कमी आउने देखिन्छ । पैत्रिक सम्पत्तिमा दाजुभाइको कलह बढेर जाने देखिन्छ सजग रहनुहोला।
प्रतिक्रिया