• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८३ वैशाख २४ गते बिहीबारः यस्तो छ आजकाे राशिफल

२०८३ वैशाख २४ गते बिहीबारः यस्तो छ आजकाे राशिफल

काठमाडौँ । २०८३ साल बैशाख २४ गते बिहीबार, तदनुसार ७ मे २०२६ षष्ठी तिथी । यस्तो छ आजको राशिफलः

मेष – काममा प्रगति र आम्दानी बढ्ने छ । नयाँ अवसर हात लाग्न सक्छ । पारिवारिक कुरामा संयम अपनाउनु राम्रो ।

वृष – खर्च बढ्ने र तनाव महसुस हुन सक्छ । गोप्य कुरा बाहिरिन सक्ने देखिन्छ । साँझतिर फाइदाको अवसर देखिन्छ ।

मिथुन – नयाँ योजना सुरु गर्न अनुकूल समय छ । अध्ययन र बौद्धिक काममा सफलता मिल्नेछ । साथीभाइबाट सहयोग मिल्नेछ ।

कर्कट – पारिवारिक जिम्मेवारी बढ्नेछ । मन अलि अस्थिर हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला ।

सिंह – काममा सफलता र नेतृत्व गर्ने अवसर मिल्नेछ । आत्मविश्वास बढ्नेछ । अहंकारले विवाद निम्त्याउन सक्छ ।

कन्या – साझेदारीबाट लाभ मिल्न सक्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ । व्यापारमा नयाँ सम्झौता हुन सक्छ ।

तुला – प्रतिस्पर्धामा सफलता मिल्नेछ । खर्च बढ्ने सम्भावना छ । स्वास्थ्यमा समस्या देखिन सक्छ ।

वृश्चिक – आय स्थिर रहने र लाभको संकेत रहेको छ । पुरानो मिहेनतको फल पाइनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

धनु – काममा ढिलाइ र अवरोध होला । घरायसी तनाव बढ्न सक्छ । धैर्य राखेमा स्थिती सुधार हुन्छ ।

मकर – नयाँ योजना अघि बढ्नेछ । व्यापारमा फाइदा हुने संकेत छ । वरिष्ठ व्यक्तिबाट सहयोग पाइनेछ ।

कुम्भ – आर्थिक अवसर आए पनि चुनौती साथमा रहनेछ । आलोचना र दबाब बढ्न सक्छ । धैर्य र संयम आवश्यक छ ।

मीन – मानसिक शान्तिको खोजी रहनेछ । आध्यात्मिकतामा रुचि बढ्नेछ । यात्राको योग बन्न सक्छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २४, बिहीबार ०५:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP