• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ भदौ २८ गतेः यस्ताे छ आजकाे राशिफल

२०८२ भदौ २८ गतेः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । आज २०८२ साल भाद्र २८ गते शनिबार । तदनुसार १३ सेप्टेम्बर २०२५ । षष्ठी तिथी १३ घडी १७ पला उप्रान्त सप्तमी तिथी प्रारम्भ हुनेछ । कृतिका नक्षत्र २२ घडी २२ पला उप्रान्त रोहिणी नक्षत्र प्रारम्भ हुनेछ । हर्षण योग बब करण आज बिहान सूर्योदय ५:४८ मा भयो भने सूर्यास्त साँझ ६:०९ मा हुनेछ। आज शनिबार चन्द्रमा बृष राशिमा ।

मेष राशि
सौन्दर्यमा मन जानेछ । तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ । लेखनशैलीमा तिव्रता आउनेछ। रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जानेछ।

वृष राशि
अनावश्यकरूपमा दाजुभाइमा कलह बढेर जानेछ। पठनपाठनमा बाधा आउने योग छ। पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ। विश्वास गरेकाबाट धोका पाइने योग छ।

मिथुन राशि
माङ्गलिक कार्यमा सहभागी भइनेछ । अध्ययन अध्यापनमा सफलता पाउनका साथै रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। भौतिक साधन खरिद गरिनुले मनमा खुशी छाउनेछ।

कर्कट राशि
शारीरिक काममा बाधा आउने देखिन्छ । बोलीमा कठोरता आउनेछ । आफन्तबाट धोका पाइने योग छ । न्यायिक कार्यमा बाधा आउनका साथै शारीरिक अस्वस्थता बढेर जानेछ।

सिंह राशि
व्यापार व्यवसायमा घाटा व्यहोर्नु पर्नेछ । गरिरहेको काममा बाधा आउने योग छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । मानसम्मानमा अघात पुग्ने देखिन्छ।

कन्या राशि
प्रभाव बढेर जानेछ। शैक्षिक कार्यमा सफलता पाइने योग छ। आफन्तबाट सरसहयोग पाइने देखिन्छ । लामो समयदेखि चल्दै आएको बालविवाहको अन्त्य भएर जानेछ। मानसम्मान पाइने योग छ।

तुला राशि
कृषि क्षेत्रबाट मनग्य आम्दानी गर्न सकिनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । हराएको धनमाल भेट्न सक्ने सम्भावना बढेर गएको छ। पराक्रममा वृद्धि भएर जाने देखिन्छ ।

वृश्चिक राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। लेखनशैलीमा कमी आउनेछ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ ।

धनु राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । चोटपटकको सम्भावना बढेर गएको छ ।साथीभाइबाट धोका पाउने योग छ। आफन्तबाट प्राप्त ढोकाले मानसिक तनाव बढेर जानेछ।

मकर राशि
मानसम्मान पाइने योग छ। व्यापार व्यवसायमा सफलता प्राप्त हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ । नयाँ कार्यको थालनी हुनेछ । आर्थिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ । भोज भत्तेरमा सहभागी भइनेछ।

कुम्भ राशि
मिष्ठान्न भोजनको अवसर पाइने योग छ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। बोलीमा आएको परिवर्तनले सबैको प्यारो बनिनेछ। वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ ।

मीन राशि
थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा कठोरता आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ, सजग रहनुहोला।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २८, शनिबार ०१:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP