बनेपा । २०८२ साल माघ ५ गते सोमबार तदनुसार १९ जनवरी २०२६ । प्रतिपदा तिथी ४८ घडी २३ पला उप्रान्त द्वितीया तिथी प्रारम्भ हुनेछ । उतरषाढा नक्षत्र १३ घडी ४४ पला उप्रान्त श्रवण नक्षत्र प्रारम्भ हुनेछ । सिद्व योग किम्स्तुघ्न करण आज बिहान सूर्योदय ६:५७ मा र सूर्यास्त साँझ ५:३२ मा हुनेछ । आज सोमबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
बोलीमा कठोरता आउनेछ । शारीरिक आलस्यता बढेर जानेछ । मानसम्मानमा आघात पुग्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । लेखनशैलीमा कमी आउनेछ। सामाजिक काममा बाधा आउनेछ।
वृष राशि
पराक्रममा कमी आउनेछ । काममा ढिलासुस्ती भएर जानेछ। जग्गा जमिनसम्बन्धी कामबाट घाटा बेहोर्नु पर्ने देखिन्छ । अनावश्यकरुपमा परिवारमा कलह बढेर जानाले मानसिक तनाव बढेर जानेछ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । मिष्ठान भोजनको अवसर मिल्ने देखिन्छ । बोलीमा सुधार भएर जानेछ । प्राविधिक क्षेत्रमा अगाडि बढ्ने देखिन्छ। कृषि कार्यमा लाभ मिल्ने योग छ।
कर्कट राशि
भौतिक साधन खरिद गरिने योग छ। शैक्षिक क्षेत्रमा सफलता पाइने योग देखिन्छ। व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। पठनपाठनमा सफलता पाइने योग छ। हराएको धनमाल भेटाइने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ।
सिंह राशि
झुटा आरोपको सामना गर्नुपर्ने योग छ । अनावश्यक खर्चको मात्रा बढेर जानेछ। आयमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ। आफन्तबाट धोका पाइने योग छ।
कन्या राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्ने देखिन्छ। थोरै कुरामा वादविवादको सामना गर्नुपर्ने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुका साथै काममा अपजसको सामना गर्नुपर्ने देखिन्छ।
तुला राशि
मनोरञ्जनमा समय व्यतित भएर जानेछ । व्यापारमा वृद्धि भएर जानेछ । आफन्तको सहयोग पाइने योग छ । भोजभतेरमा सहभागी हुने अवसर मिल्नुका साथसाथै नयाँ साथीको आगमन हुने योग छ।
वृश्चिक राशि
अधुरा काम पूरा भएर जाने देखिन्छ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। राजनीतिमा अगाडि बढ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर जाने देखिन्छ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।
धनु राशि
राजनीतिमा आफूलाई अगाडि बढाएर फाइदा अर्काले लिन सक्ने सम्भावना बढेर गएको छ। मानसम्मानमा आघात पुग्नेछ। पठनपाठनमा बाधा हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
मकर राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। व्यापार व्यवसायमा सफलता प्राप्त गर्न सकिनेछ। स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ। धर्मकर्मतर्फ मन जानाले सबैको प्यारो बनिनेछ।
कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएको छ। नयाँ साथीको आगमन हुने देखिन्छ । मानसम्मानमा आघात पुग्नेछ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएकाले मनमा खुसी छाउने छ ।
मीन राशि
बौद्धिक कार्यमा सफलता पाइने योग छ । जागिरमा पदोन्नतिको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। व्यवसायमा सफलता पाइने योग छ । प्रेमीप्रेमिकाबीच माधुर्यता छाउने छ।
प्रतिक्रिया