• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ मार्ग १७ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

२०८२ मार्ग १७ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल मार्ग १७ गते बुधबार तदनुसार ३ डिसेम्बर २०२५ । त्रयोदशी तिथी ०८ घडी ३४ पला चतुर्दशी तिथी प्रारम्भ हुनेछ । भरणी नक्षत्र २९ घडी ४१ पला उप्रान्त कृतिका नक्षत्र प्रारम्भ हुनेछ । पद्म योग गर करण आज बिहान सूर्योदय ६:४० मा भयो भने सूर्यास्त साँझ ५:६ मा हुनेछ । आज बुधबार चन्द्रमा मेष राशिमा ।

मेष राशि
सौन्दर्यतामा मन जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ। परिवारमा माङ्गलिक कार्यको शुभारम्भ भएर जाने देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा मन जाने देखिन्छ।

वृष राशि
दुर्वेशनमा फस्न सक्ने सम्भावना बढेर गएको छ। वैदेशिक कार्यमा बाधा आउनेछ। मुद्दा मामिलामा फस्न सक्ने सम्भावना बढेर गएको छ। व्यापार व्यवसायमा ह्रास आउनाले मनमा चिन्ता बढेर जानेछ ।

मिथुन राशि
तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। आकस्मिकरुपमा धन लाभ मिल्नाले मनमा उत्साह बढेर जानेछ।

कर्कट राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। बोलीमा माधुर्यता छाउने छ। जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिने योग छ। मानसम्मानमा वृद्धि भएर जाने देखिन्छ। पैत्रिक सम्पत्ति पाइने योग छ।

सिंह राशि
मुद्दा मामिलामा फसिन सक्ने सम्भावना तीव्ररूपमा बढेर गएको छ। आफन्तमा बैरभाव आउनेछ। विभिन्न झमेलामा फस्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ।

कन्या राशि
वैदेशिक क्षेत्रबाट राम्रै आम्दानी गर्न सकिनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। पशु तथा चौपायाबाट प्राप्त सफलताले गर्दा मनमा खुसी छाउनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्।

तुला राशि
काममा ढिलासुस्ती भएतापनि सफलता मिल्ने देखिन्छ। बौद्धिक क्षेत्रमा लाभ लिन सकिनेछ। स्वास्थ्यमा सुधार भएर जानुका साथै पठनपाठनमा समेत सफलता पाइने योग छ।

वृश्चिक राशि
आँखासम्बन्धी समस्याले सताउने देखिन्छ । जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। विपरीत लिङ्गीबाट धोका पाइने योग छ। कुरा काट्नेहरु सक्रिय रहनेछन्।

धनु राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। गरिरहेको काममा बाधा आउनुका साथै अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ।

मकर राशि
नयाँ उद्योग व्यवसायको थालनी गर्ने योग छ। बोलीमा माधुर्यता छाउनेछ। धार्मिक तीर्थस्थलको भ्रमण गरिने योग छ। लेखन शैलीमा तीव्रता आउनाले मनमा खुसी छाउने छ । बोलीमा मिठास छाउने छ।

कुम्भ राशि
बोलीको प्रभाव बढेर जानेछ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। स्वास्थ्यमा सुधार हुनुका साथै पुराना साथीभाइ भेटिन सक्ने देखिन्छ।

मीन राशि
मुद्दा मामिलामा फसिने योग छ। आफन्तमा बहिरभाव आउनेछ। स्वास्थ्यमा गडबढ आउने देखिन्छ। आर्थिक संकट पर्ने देखिन्छ । व्यापार व्यवसायमा घाटा भएर जानाले मनमा चिन्ता बढेर जानेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १७, बुधबार ०१:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP