• २०८३ असार ३१ | Wed, 15 Jul 2026

०८२ साल चैत १५ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल चैत १५ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । आज २०८२ साल चैत १५ गते आइतबार चैत शुक्ल पक्षको एकादशी तिथी । आज कामदा एकादशी व्रत । तदनुसार सन् २०२५ मार्च २९ तारिख । यस्ताे छ आजकाे राशिफलः

मेष : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तर खर्च भने बढ्ने छ । प्रेमसम्बन्ध सुमधुर बन्नेछ ।

वृष : आफन्तले प्रशंसा गर्नेछन् । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । निजी क्षेत्रको शिक्षामा लगानी गर्ने समय छ ।

मिथुन : तपाईंलाई राज्यको तर्फबाट मान सम्मान प्राप्त हुनेछ । राजनीतिक नियुक्तको अवसर प्राप्त हुने योग छ । संकटमा साथीको साथ मिल्नेछ।

कर्कट : परिवारको साथमा आफन्तसँग भेट हुनेछ । मिष्ठान्न भोजन हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

सिंह : साथीले सहयोग नगर्दा मन अशान्त बन्न सक्छ । आज व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ । प्रेमसम्बन्ध सुमधुर बन्नेछ।

कन्या : परिवारमा मेलमिलाप हुनेछ । स्वदेशमा गरेको लगानीबाट नाफा हुने योग छ । धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्।

तुला : श्रमको मूल्य प्राप्त गर्दा मन शान्त बन्नेछ । परीक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ।

वृश्चिक : व्यवहारिक बोझले केही समस्या देखिनेछन् । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

धनु : हरेक काममा सफलताका लागि मिहेनत गर्नुपर्ने समय छ । विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ । एकलभन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुने योग छ।

मकर : लगानीका क्षेत्रमा फाइदा हुने योग छ। श्रमलाई प्राथमिकता दिनुपर्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ।

कुम्भ : शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ । घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले सहयोग गर्नेछन् । व्यापारमा नाफा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १५, आईतवार ०१:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP