काठमाडौँ । २०८२ साल भाद्र २५ गते बुधबार तदनुसार १० सेप्टेम्बर २०२५ तृतीया तिथी ३१ घडी १६ पला उप्रान्त चतुर्थी तिथी प्रारम्भ हुनेछ । रेवती नक्षत्र ३४ घडी ३७ पला उप्रान्त अस्विनी नक्षत्र प्रारम्भ हुनेछ । गण्ड योग बब करण आज बिहान सूर्योदय ५:४७ मा भयो भने सूर्यास्त साँझ ६:१३ मा हुनेछ। आज बुधबार चन्द्रमा मीन राशिमा ।
मेष राशि
अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन्। पैत्रिक सम्पत्तिमा मनमुटावको सिर्जना हुनेछ । खर्चको मात्रा बढेर जानुका साथै मानसिक तनाव बढेर जानेछ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । दाजुभाइमा आत्मियता बढेर जानेछ । शेयर कारोबारमा वृद्धि भएर जानेछ। स्थायी सम्पत्तीमा वृद्धि हुनुका साथै प्रेम गर्ने अवसर मिल्नेछ।
मिथुन राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । लेखनशैलीमा तीव्रता आउनेछ । आफन्तमा बहिरभाव आउनुका साथै विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ।
कर्कट राशि
आयमा कमी र विद्यामा बाधा आउनुका साथै बोलीमा समेत कठोरता आउने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । साझेदारी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ ।
सिंह राशि
काममा ढिलासुस्ती भएतापनि सफलता प्राप्त गर्न सकिने योग छ। नयाँ साथीको आगमनले प्रगति भएर जाने देखिन्छ। शत्रुपक्षबाट तपाईँकै जित हुने योग छ।
कन्या राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। तन्त्र साधनाद्वारा सफलता पाइने योग छ पठनपाठनमा सफलता मिल्नाले मनमा उत्साह बढेर जानेछ।
तुला राशि
पारिवारिक कलह बढेर जानेछ । शेयर बजारबाट घाटा बेहोर्नु पर्ने देखिन्छ । यात्रामा बाधा आउनेछ । बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ।
वृश्चिक राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। मानसम्मानमा आघात पुग्नेछ । भौतिक साधनबाट घाटा भएर जानेछ। अनावश्यक विवाद बढेर जाने देखिन्छ ।
धनु राशि
मानसम्मान पाइने योग छ । सुन्दरतामा मन जानेछ। पारिवारिक कार्यक्रममा सफलता पाइने योग छ । राजनीतिक क्षेत्रबाट सफलता प्राप्त हुनाले मनमा उत्साह बढेर जानेछ।
मकर राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखनशैलीमा तीव्रता आउनेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्नेछ। पठनपाठनमा ह्रास आउने देखिन्छ । लामो दुरीको यात्राको अवसर जुटे तापनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
मीन राशि
न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ। सौन्दर्यतामा मन जानेछ । लेखनशैलीमा तीव्रता आउनुका साथै भोजभतेरमा सहभागी हुने अवसर प्राप्त हुने देखिन्छ।
प्रतिक्रिया