बनेपा । २०८२ साल कार्तिक ७ गते शुक्रबार । तदनुसार २४ अक्टोबर २०२५ । तृतीया तिथी ४० घडी ३६ पला चतुर्थी तिथी प्रारम्भ हुनेछ । अनुराधा नक्षत्र ६० घडी ० पला हुनेछ । सौभाग्य योग तैतिल करण आज बिहान सूर्योदय ६:१० मा भयो भने सूर्यास्त साँझ ५:२४ मा हुनेछ।
आज शुक्रबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष राशि
बाेलीको प्रभाव बढेर जानेछ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । व्यापार व्यवसायमा सफलता मिल्नाले सबैको प्यारो बनिने योग छ।
वृष राशि
जागिरमा सफलता पाइने योग छ । तरल पदार्थसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। पशु तथा चौपायाबाट आयमा वृद्धि हुनाले मनमा उत्साह बढेर जानेछ।
मिथुन राशि
शारीरिक स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग रहेको छ। काममा बाधा आउनाले मानसिक तनाव बढेर जाने योग छ । लेखन शैलीमा कमी आउने देखिन्छ ।
कर्कट राशि
थोरै कुरामा विवादको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्नेछ । टाउको दुख्ने समस्याले सताउनेछ । सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला ।
सिंह राशि
आयमा वृद्धि कार्यमा प्रगति भएर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ । बाेलीमा माधुर्यता छाउनेछ ।
कन्या राशि
पराक्रममा वृद्धि भएर जानेछ । पतिपत्नीबीच माधुर्यता छाउनेछ। लेखन शैलीमा वृद्धि भएर जानेछ। धनमाल जोड्न सक्ने सम्भावना बढेर गएको छ। प्रेम गर्ने अवसर जुट्नेछ।
तुला राशि
पारिवारिक कलह बढेर जानेछ। वैदेशिक काममा बाधा आउनुका साथै जग्गा जमिनसम्बन्धी साझेदारी काममा ढिलासुस्ती हुनाले विवादको सामना गर्नुपर्ने देखिन्छ ।
वृश्चिक राशि
लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । मांगलिक कार्यमा सहभागी हुनाले मनमा खुसी छाउनेछ।
धनु राशि
प्रशासनिक कार्यमा सुधार भएर जानेछ । उच्च व्यक्तिको मानसम्मान पाइने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ ।
मकर राशि
कृषि तथा चौपायाबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । धनमाल हराउन सक्ने योग छ । विश्वास गरेका आफन्तबाट धाेका पाउने देखिन्छ । व्यवसायमा घाटा बेहोर्नुपर्ने योग छ।
कुम्भ राशि
वैदेशिक कार्यमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। दाजुभाइमा कलह बढेर जानाले मानसिक तनाव बढेर जाने देखिन्छ । सजगता अपनाउनु होला ।
मीन राशि
न्यायिक कार्यमा तपाईंकै जीत हुने देखिन्छ । नयाँ धनमाल जोड्न सक्ने सम्भावना बढेर गएको छ । लेखन शैलीमा तीव्रता आउनेछ । शत्रु पक्षबाट तपाईंकै जीत हुने देखिन्छ।
प्रतिक्रिया